बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्न यूएई तयार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १४, २०८३
|
|
१०८ पटक हेरिएको
Shares
बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्न यूएई तयार

सारांश

  • युनाइटेड अरब इमिरेट्स (यूएई) सरकार रसुवाको भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गर्न तयार भएको छ ।
  • यूएई एडको टोलीले आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीसँग भेट गरेर बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन तयार रहेको बताएको प्राधिकरणले जनाएको छ ।
  • युएई एडको टोलीले बाढीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यकपर्ने सामग्रीबारे प्राधिकरणसँग जानकारी लिएको थियो ।

१४ भदौं, काठमाडौं ।

युनाइटेड अरब इमिरेट्स (यूएई) सरकार रसुवाको भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गर्न तयार भएको छ । यूएई एडको टोलीले आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीसँग भेट गरेर बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन तयार रहेको बताएको प्राधिकरणले जनाएको छ ।

युएई एडको टोलीले बाढीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यकपर्ने सामग्रीबारे प्राधिकरणसँग जानकारी लिएको थियो । प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले भेटमा अस्थायी पुल, पानी शुद्धीकरण तथा सरसफाइ र हाइजिन (सरसफाइ र स्वच्छता कायम राख्न प्रयोग गरिने) सामग्री, ठूलो परिवारका लागि आवश्यक पाल, चार्जिङ सुविधासहितका ‘पोर्टेबल’ बत्ती, ‘पोर्टेबल’ जेनेरेटर, ‘सोलार प्यानल’, स्याटेलाइट फोन, वाकीटकीलगायत सामग्री आवश्यक रहेको जानकारी गराइएको बताए । प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा उपकरणको प्राथमिकता र आवश्यकताका सम्बन्धमा जानकारी गराएपछि युएईको टोलीले सोहीअनुसार सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभएको कार्यकारी प्रमुख उप्रेतीले उल्लेख गरे । भेटमा युएई एडका अन्तरराष्ट्रिय सहायता निर्देशक डा अहमद अल मन्सौरी, सहायता तथा स्थिरीकरण विशेषज्ञ मोहम्मद सलेम अल शाम्सी, मानवीय सहायता प्रतिक्रिया संयोजक सलेम हमेद अल नुआइमीलगायतको सहभागिता थियो । नेपाल र यूएईबीच लामो समयदेखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ । यी दुई देशबीच श्रम, व्यापार, लगानी तथा मानवीय सहयोगका क्षेत्रमा सहकार्य हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सलहेश फूलबारी मेलामा भक्तजनको घुइँचो 
सलहेश फूलबारी मेलामा भक्तजनको घुइँचो 
बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, भद्रपुर उडेको जहाज काठमाडौँतर्फ डाइभर्ट
बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, भद्रपुर उडेको जहाज काठमाडौँतर्फ डाइभर्ट
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
सुर्खेतमा एसएमएल गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
सुर्खेतमा एसएमएल गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
बाँकेमा आज मदिरा विक्री प्रतिबन्ध
बाँकेमा आज मदिरा विक्री प्रतिबन्ध
पर्वतमा ‘ब्रेक फेल’ भएर जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते
पर्वतमा ‘ब्रेक फेल’ भएर जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते
सुशीला कार्कीको शपथलगत्तै शीतल निवासमै पहिलो मन्त्रिपरिषद् बैठक बस्ने तयारी
सुशीला कार्कीको शपथलगत्तै शीतल निवासमै पहिलो मन्त्रिपरिषद् बैठक बस्ने तयारी
च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य
च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य
गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज
गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज
वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै
वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै