महोत्तरीको जलेश्वर र गौशाला बजार बन्द
सारांश
- सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर तथा गौशाला बजार शुक्रबार बन्द गरिएको छ ।
- प्रदर्शनकारीहरूले जलेश्वरका विभिन्न चोकमा टायर बालेर विरोध प्रदर्शन गर्दै बजार, व्यवसाय तथा यातायात पूर्ण रूपमा बन्द गराएका छन् ।
- बन्दका कारण दैनिक जनजीवन प्रभावित भएको छ भने बजार क्षेत्र सुनसान बनेको छ ।
१५ साउन, महोत्तरी ।
सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर तथा गौशाला बजार शुक्रबार बन्द गरिएको छ । प्रदर्शनकारीहरूले जलेश्वरका विभिन्न चोकमा टायर बालेर विरोध प्रदर्शन गर्दै बजार, व्यवसाय तथा यातायात पूर्ण रूपमा बन्द गराएका छन् । बन्दका कारण दैनिक जनजीवन प्रभावित भएको छ भने बजार क्षेत्र सुनसान बनेको छ । सर्वसाधारणको चहलपहल फाटफुट रुपमा मात्र देखिएको छ । यस्तै, जिल्लाको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा पनि हिन्दुवादी संघ–संगठनका अगुवाहरूले विरोध प्रदर्शन गर्दै बजार व्यवसाय बन्द गराएका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया