सीमामा सशस्त्र प्रहरीको बीआईटी परिचालन, के गर्छ काम?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
३५३ पटक हेरिएको
Shares
सीमामा सशस्त्र प्रहरीको बीआईटी परिचालन, के गर्छ काम?

सारांश

  •   सशस्त्र प्रहरीले बोर्डर इन्टरएक्सन टिम (बीआईटी) परिचालन गरेको छ।
  •   सीमा सहजीकरण तथा सीमा ईलाकामा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलनका लागि बीआईटी परिचालन गरेको हो।
  • आइतबारदेखि सीमा इलाकाको मुख्य नाकाहरू झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगंज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीमा सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा एक ठाउँमा  १४ जना रहने गरी टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

१० साउन, काठमाडौं । 

सशस्त्र प्रहरीले बोर्डर इन्टरएक्सन टिम (बीआईटी) परिचालन गरेको छ।  सीमा सहजीकरण तथा सीमा ईलाकामा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलनका लागि बीआईटी परिचालन गरेको हो।आइतबारदेखि सीमा इलाकाको मुख्य नाकाहरू झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगंज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीमा सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा एक ठाउँमा  १४ जना रहने गरी टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सो टोली उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा तैनाथ रही सीमाको मुख्य नाकाहरुमा परिचालन हुने सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले आइतबार रुपन्देहीको डण्डामा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा पुगी सो टोलीलाई आवश्यक निर्देशन दिँदै सीमा क्षेत्रमा हुने दैनिक क्रियाकलापबारे समेत जानकारी लिएका थिए। सो टोलीले विशेष गरी सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूको सहजीकरण, मानव बेचबिखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागुऔषध, वन्यजन्तु तस्करी नियन्त्रणलगायतका काम गर्नेछ। मुख्य सीमा नाकाहरुमा परिचालन हुने सो टोलीमा प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सादा पोसाक (सफारी सुट) मा रहने सशस्त्र प्रहरी डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्दियामा एकैदिन ६ जना फरार प्रतिवादी पक्राउ
बर्दियामा एकैदिन ६ जना फरार प्रतिवादी पक्राउ
शिक्षकका माग मन्त्रिपरिषद्‌बाट सम्बोधन गर्न सरकार सहमत
शिक्षकका माग मन्त्रिपरिषद्‌बाट सम्बोधन गर्न सरकार सहमत
काठमाडौं गुर्खाजमाथि चितवन राइनोजको सानदार जित
काठमाडौं गुर्खाजमाथि चितवन राइनोजको सानदार जित
यो दुई तिहाइको हैन षडयन्त्रको सरकार हो : प्रचण्ड
यो दुई तिहाइको हैन षडयन्त्रको सरकार हो : प्रचण्ड
पहिरोले कर्णाली राजमार्गको ६ ठाउँ अवरुद्ध, यात्रु अलपत्र
पहिरोले कर्णाली राजमार्गको ६ ठाउँ अवरुद्ध, यात्रु अलपत्र
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु
धनुषाको मन्दिर परिसरमा मृत फेला परेका व्यक्ति पुजारी होइनन् : प्रहरी
धनुषाको मन्दिर परिसरमा मृत फेला परेका व्यक्ति पुजारी होइनन् : प्रहरी
शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : उपप्रधानमन्त्री सिंह
शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : उपप्रधानमन्त्री सिंह
अनुमतिबिना बन्दुक बोकेको अभियोगमा पक्राउ
अनुमतिबिना बन्दुक बोकेको अभियोगमा पक्राउ
तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल
तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल