प्रदेशमा संयुक्त सरकार बनाउन एमाले र नेकपाबीच तीन बुँदे सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
१३३ पटक हेरिएको
Shares
प्रदेशमा संयुक्त सरकार बनाउन एमाले र नेकपाबीच तीन बुँदे सहमति

सारांश

  •   तीन बुँदे सहमतिमा दुवै दलबीच प्रदेश सभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने उल्लेख छ।
  • सहमतिअनुसार, कोसी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने भएका छन्।
  •   त्यस्तै, सहमतिको तेस्रो बुँदामा मधेश र गण्डकी प्रदेश सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गर्ने उल्लेख छ।

 

नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठनलाई लिएर तीन बुँदे सहमति भएको छ।  तीन बुँदे सहमतिमा दुवै दलबीच प्रदेश सभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने उल्लेख छ। सहमतिअनुसार, कोसी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने भएका छन्।

 

त्यस्तै, सहमतिको तेस्रो बुँदामा मधेश र गण्डकी प्रदेश सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गर्ने उल्लेख छ।  शनिबार एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिमा हस्ताक्षर गरेका छन्। सहमतिका क्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपाका नेता वर्षमान पुन पनि साथै रहेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?