लगातार छैटौं दिन बढ्यो सेयर बजार, साढे ६ अर्ब नाघ्यो कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ५, २०८३
|
|
५१२ पटक हेरिएको
Shares
लगातार छैटौं दिन बढ्यो सेयर बजार, साढे ६ अर्ब नाघ्यो कारोबार

सारांश

  • लगातार छैटौं कारोबार दिन सेयर बजार बढेको छ ।
  • मंगलबार बजार परिसूचक नेप्से ७.
  • २५ अंक बढेको छ ।

५ साउन, काठमाडौं ।

लगातार छैटौं कारोबार दिन सेयर बजार बढेको छ । मंगलबार बजार परिसूचक नेप्से ७.२५ अंक बढेको छ । यो वृद्धिपछि नेप्से २७२६ अंकमा कायम भएको छ । यो अंक जेठ २८ यताकै उच्च हो । गत साताको मंगलबार, बुधबार, बिहीबार, शुक्रबार पनि बजार बढेको थियो । हिजो सोमबार ४१.७० अंक बढेको थियो । आज १०३ कम्पनीको मूल्य बढ्दा १६२ को घटेको छ भने १२ को स्थिर रह्यो । आज बजार केही उतारचढावमा रह्यो । दिउँसो १२ : ४९ बजे नेप्से २७५३ अंकसम्म पुगेको थियो ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६७ करोड रुपैयाँको भयो । समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । व्यापार सबैभन्दा धेरै २.८८ प्रतिशत बढ्यो । त्यस्तै अन्य १.२०, उत्पादन तथा प्रशोधन ०.६४, लगानी ०.४९ तथा बैंकिङ ०.०९ प्रतिशत बढे । विकास बैंक ०.४०, फाइनान्स ०.६२, होटल तथा पर्यटन ०.२३, जलविद्युत् ०.०५, जीवन बीमा ०.१७, माइक्रोफाइनान्स ०.०२, निर्जीवन बीमा ०.१४ प्रतिशत घटे । हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो । कालंगा हाइड्रोपावरको ७.५०, बोटलर्स नेपाल बालाजुको ७.४२, सानीगढ हाइड्रोपावरको ६.५६, स्नो रिभर्सको ६.०२, रिडी पावरको ५.३४ प्रतिशत मूल्य बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ६.५४, भुजुङ हाइड्रोपावरको ४.५८, चिरख्वा हाइड्रोपावरको ४.४४ प्रतिशत मूल्य घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने
कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने
लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त
लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त
ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ
नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ
दि ओरिएण्टल इन्स्योरेन्सको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग
दि ओरिएण्टल इन्स्योरेन्सको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग
काठमाडौँ महानगरपालिकाका सूचना विभागका महानिर्देशक परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ महानगरपालिकाका सूचना विभागका महानिर्देशक परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ महानगरले भूकम्प पीडितका लागि पठायो राहत सामाग्री
काठमाडौँ महानगरले भूकम्प पीडितका लागि पठायो राहत सामाग्री
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, आन्दोलनरत चिकित्सकका मागबारे छलफल हुने
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, आन्दोलनरत चिकित्सकका मागबारे छलफल हुने
जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने