राज्य, जनता र लोकतन्त्र जोगाउने सबै दलको दायुत्व हो : सांसद सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३०, २०८३
|
|
१३६ पटक हेरिएको
Shares
राज्य, जनता र लोकतन्त्र जोगाउने सबै दलको दायुत्व हो : सांसद सिंह

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले देश गम्भीर संकटतर्फ उन्मुख भएको बताएका छन् ।
  • मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनतामा निराशा बढ्दै गएको, युवादेखि व्यवसायी र विद्यार्थीसम्म भविष्यप्रति आशाविहीन बन्दै गएको दाबी गरे ।
  • उनले भने, ‘आज हाम्रो राज्य संकटमा छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले देश गम्भीर संकटतर्फ उन्मुख भएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनतामा निराशा बढ्दै गएको, युवादेखि व्यवसायी र विद्यार्थीसम्म भविष्यप्रति आशाविहीन बन्दै गएको दाबी गरे ।

उनले भने, ‘आज हाम्रो राज्य संकटमा छ । जनतामा निरास्यता छ । यो देशमा बाच्न सकिन् गर्न सकिँदैन यो भाष्य निर्माण यो संसदबाट कम्ती नगरै ।’

सिंहले देशको वर्तमान समस्या समाधानका लागि सबै राजनीतिक शक्ति जिम्मेवार बन्नुपर्नेमा बताए । उनले राज्य, जनता र लोकतन्त्र सुरक्षित रहेमा राजनीति निरन्तर चलिरहने बताए ।

‘आज सत्ता पक्षमा हुनेहरू भोलि प्रतिपक्षमा हुन सक्छन् । को आयो, को गयो भन्ने कुरा राजनीतिमा स्वाभाविक हो । तर राज्य, जनता र लोकतन्त्र नै संकटमा परे हामीमध्ये कोही पनि रहने छैनौं,’ उनले भने ।

यसै क्रममा उनले मंगलबार राति करिब २ बजे उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा विवेक मण्डलको निधन भएको घटनाप्रति दुःख व्यक्त गरे ।

उनले यही साताभित्र आत्मदाहका घटनामा ज्यान गुमाएका गणेश नेपाली, अश्विन राउत र विवेक मण्डलप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्ता दुःखद घटनाले राज्यलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको बताए ।

विवेक मण्डलको उपचारका लागि प्रधानमन्त्री, रास्वपा सभापति रवि लामिछाने, सभामुख तथा स्वास्थ्य मन्त्रीलगायतको पहल भए पनि उनलाई बचाउन नसकिएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...