जाजरकोटमा पहिरोले अस्थायी टहरा पुरिँदा महिलाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २९, २०८३
|
|
३७७ पटक हेरिएको
Shares
जाजरकोटमा पहिरोले अस्थायी टहरा पुरिँदा महिलाको मृत्यु

सारांश

  • जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा एक महिलाको मृत्यु भएको छ।
  • जिल्लाको भेरी नगरपालिका – २, राङ्सी निवासी ६० वर्षीया जयशिला शाहको पहिरोमा परी मृत्यु भएको हो।
  • जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएराति परेको निरन्तर वर्षापछि आएको पहिरोले २०८० साल कार्तिक १७ गतेको भूकम्पपछि निर्माण गरिएको अस्थायी टहरा पुरेको थियो।

जाजरकोट। जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको भेरी नगरपालिका – २, राङ्सी निवासी ६० वर्षीया जयशिला शाहको पहिरोमा परी मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएराति परेको निरन्तर वर्षापछि आएको पहिरोले २०८० साल कार्तिक १७ गतेको भूकम्पपछि निर्माण गरिएको अस्थायी टहरा पुरेको थियो। टहराभित्र रहेकी शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा परेकी शाहकी ४० वर्षीया छोरी मेनुका शाह थापा र सात वर्षीया नातिनी टिका थापालाई भने स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा सकुशल उद्धार गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतले दक्षिण अफ्रिकालाई ११ रनले हरायो, तिलक बर्मा बने उत्कृष्ट खेलाडी
भारतले दक्षिण अफ्रिकालाई ११ रनले हरायो, तिलक बर्मा बने उत्कृष्ट खेलाडी
रातको समयमा यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह
रातको समयमा यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह
काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प
दशैँको मुखमा शेयर बजारको हरियाली, एकै दिन १११ अंकले बढ्यो नेप्से
दशैँको मुखमा शेयर बजारको हरियाली, एकै दिन १११ अंकले बढ्यो नेप्से
थुनछेक बहस नभएपछि रवि लामिछाने फेरि प्रहरी हिरासतमा
थुनछेक बहस नभएपछि रवि लामिछाने फेरि प्रहरी हिरासतमा
मधेश प्रदेशमा राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम सुरु
मधेश प्रदेशमा राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम सुरु
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
नेपाल प्रहरीद्वारा एक महिनामा ५२ करोड बढी राजस्व संकलन
नेपाल प्रहरीद्वारा एक महिनामा ५२ करोड बढी राजस्व संकलन
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला