सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा वाजागाजासहित स्वागत

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १९, २०८३
|
|
९९ पटक हेरिएको
Shares
सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा वाजागाजासहित स्वागत

सारांश

  • भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालयमा स्वागत गरिएको छ ।
  • मुख्यालय परिसरमा उनलाई बाजागाजासहित पुष्प वर्षा गराएर स्वागत गरिएको हो ।
  • उनलाई भाजपाका अध्यक्ष नितिन नवीनलगायतका पदाधिकारीले स्वागत गरेका हुन् ।

१९ जेठ, काठमाडौं ।

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालयमा स्वागत गरिएको छ । मुख्यालय परिसरमा उनलाई बाजागाजासहित पुष्प वर्षा गराएर स्वागत गरिएको हो । उनलाई भाजपाका अध्यक्ष नितिन नवीनलगायतका पदाधिकारीले स्वागत गरेका हुन् । लामिछानेसहितको टोलीले मुख्यालयको अवलोकन गर्दै दुई देशको सम्बन्धलाई थप मजवुद बनाउने विषयमा दुई पक्षीय संवाद भएको थियो । यो भ्रमणले रास्वपा र भाजपा बीच पार्टी टु पार्टी संलग्नता सुरु गर्ने र संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचमा विचार आदानप्रदानको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।

भारतीय जनता पार्टीले प्रतिनिधिमण्डललाई स्वागत गर्दै रचनात्मक संवादको लागि तत्पर रहेको बताएको छ । यसअघि मंगलबार दिउँसो ४ बजे पार्टी मुख्यालयमा ‘भाजपालाई चिन्नुहोस्’ पहल अन्तर्गत १२ देशका प्रतिनिधिहरूसँग भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनले अन्तरक्रिया गरेका थिए। अन्तरक्रियामा भाजपाको विदेश मामिला विभागका प्रभारी विजय चौथाईवाले पनि उपस्थित थिए । भाजपाको मुख्यालयले लामिछानेको नाममा रात्रिभोजको आयोजना गर्ने समेत जनाएको छ ।

यसअघि शनिबार भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले भाजपाको यात्रा केवल राजनीतिक दलको विस्तारको कथा मात्र नभएर राष्ट्रवाद, सांस्कृतिक चेतना, सेवा, संघर्ष र समाजको अन्तिम व्यक्तिसम्म विकास पु¥याउने संकल्पको ऐतिहासिक यात्रा भएको बताएका थिए। (एएनआइ)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादी छाडा हुँदैछन्, इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् : प्रचण्ड
राजावादी छाडा हुँदैछन्, इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् : प्रचण्ड
आज कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
आज कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै
रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै
माछा मार्न गएका आमा-छोरीको डुबेर मृ*त्यु
माछा मार्न गएका आमा-छोरीको डुबेर मृ*त्यु
विमानस्थलबाट ३. ७४५ किलो सुन बरामद, ४ विदेशी नागरिक पक्राउ
विमानस्थलबाट ३. ७४५ किलो सुन बरामद, ४ विदेशी नागरिक पक्राउ
देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौं छिर्ने सबै नाका बन्द
देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौं छिर्ने सबै नाका बन्द
विद्युत प्राधिकरणको तीन महिनामा नाफा नौ अर्ब ११ करोड
विद्युत प्राधिकरणको तीन महिनामा नाफा नौ अर्ब ११ करोड
सुदूरपश्चिममा पहिलोपटक ११ करोड दीप प्रज्वलन
सुदूरपश्चिममा पहिलोपटक ११ करोड दीप प्रज्वलन
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ऋणीहरूको सूची सार्वजनिक गरिँदै
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ऋणीहरूको सूची सार्वजनिक गरिँदै
पूर्व शिक्षामन्त्री उपाध्यायको निधन
पूर्व शिक्षामन्त्री उपाध्यायको निधन