मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध छौँ : डिपि अर्याल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १३, २०८३
|
|
७९ पटक हेरिएको
Shares
मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध छौँ : डिपि अर्याल

सारांश

  •   सभामुख डोलप्रसाद अर्याल (डिपि)ले मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध रहने बताएका छन् ।
  • राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिक उत्सवमा बोल्दै सभामुख अर्यालले अन्तर्राष्ट्रिय मानव अधिकारका संयन्त्रहरु विश्वव्यापी आवधिक समीक्षाको चौथो चक्रमार्फत प्राप्त गरेका सिफारिसहरूको कार्यान्वयनमा संसद्को तर्फबाट आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता रहेको बताए ।
  • उनले भने,‘अन्तर्राष्ट्रिय मानव अधिकारका संयन्त्रहरू, विशेष गरी विश्वव्यापी आवधिक समीक्षाको चौथो चक्र मार्फत प्राप्त गरेका सिफारिसहरू तथा सन्धिजन्य निकायहरूबाट प्राप्त सिफारिसहरूको समेत कार्यान्वयनमा संसद्को तर्फबाट आफ्नो भूमिका निर्वाह गर्ने कुरामा प्रतिबद्धता रहेको छु ।

 

१३ जेठ, काठमाडौं । 

सभामुख डोलप्रसाद अर्याल (डिपि)ले मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध रहने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिक उत्सवमा बोल्दै सभामुख अर्यालले अन्तर्राष्ट्रिय मानव अधिकारका संयन्त्रहरु विश्वव्यापी आवधिक समीक्षाको चौथो चक्रमार्फत प्राप्त गरेका सिफारिसहरूको कार्यान्वयनमा संसद्को तर्फबाट आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता रहेको बताए ।

उनले भने,‘अन्तर्राष्ट्रिय मानव अधिकारका संयन्त्रहरू, विशेष गरी विश्वव्यापी आवधिक समीक्षाको चौथो चक्र मार्फत प्राप्त गरेका सिफारिसहरू तथा सन्धिजन्य निकायहरूबाट प्राप्त सिफारिसहरूको समेत कार्यान्वयनमा संसद्को तर्फबाट आफ्नो भूमिका निर्वाह गर्ने कुरामा प्रतिबद्धता रहेको छु ।’ उनले मानव बेचबिखन, संशोधनको, मानव बेचबिखनको विषय, सम्बोधनको लागि मानव अधिकार आयोग र नागरिक समाजले चालेका कदमका लागि उनले प्रशंसा गरेका छन् । उनका अनुसार रोकथाम, संरक्षण र अभियोजनका क्षेत्रको महत्वपूर्ण प्रगतिका साथै नेपालले मानव बेचबिखन विरुद्ध सङ्घर्ष गर्ने ठोस प्रतिबद्धतालाई मूर्त रूप दिन राष्ट्र सङ्घीय अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको महासन्धिलाई पुरक आलेख, पालेर्मो प्रोटोकलको अनुमोदन गरेको छ ।

‘मानव बेचबिखनको विषयमा, संशोधनको, मानव बेचबिखनको विषय, सम्बोधनको लागि राष्ट्रिय मानव अधिकार आयोग र नागरिक समाजले चालेका कदमका लागि म प्रशंसा गर्न चाहन्छु । रोकथाम, संरक्षण र अभियोजनका क्षेत्रको महत्वपूर्ण प्रगतिका साथै नेपालले मानव बेचबिखन विरुद्ध सङ्घर्ष गर्ने ठोस प्रतिबद्धतालाई मूर्त रूप दिन राष्ट्र सङ्घीय अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको महासन्धिलाई पुरक आलेख, पालेर्मो प्रोटोकलको अनुमोदन गरेको छ,’ उनले भने । मानव अधिकार उल्लङ्घनका घटनाहरू न्यूनीकरण हुँदै गएको उल्लेख गर्दै उनले दण्डहीनता अन्त्य गर्ने तथा मानव अधिकार उल्लङ्घन प्रति शून्य सहनशीलताको नीति लिनुपर्ने बताए । उनले महिला तथा बालबालिकालाई हिंसा तथा आपराधिक घटनाहरूबाट संरक्षण गर्नका लागि सरकारका निकायहरू सक्रिय तथा प्रतिबद्ध भएर काम गरिरहेको समेत बातए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानको साम्प्रदायिक हिंसामा ४५ जनाको मृत्यु, डेढ सय बढी घाइते
पाकिस्तानको साम्प्रदायिक हिंसामा ४५ जनाको मृत्यु, डेढ सय बढी घाइते
सप्तरीमा लुटेराहरुले गरे नेपाल बैंकका सुरक्षा गार्डको हत्या
सप्तरीमा लुटेराहरुले गरे नेपाल बैंकका सुरक्षा गार्डको हत्या
काठमाडौँमा माइक्रोबाट खसेर ३८ वर्षीया महिलाको मृत्यु, चालक पक्राउ
काठमाडौँमा माइक्रोबाट खसेर ३८ वर्षीया महिलाको मृत्यु, चालक पक्राउ
आज ११२औं बिपी जन्मजयन्ती मनाइँदै
आज ११२औं बिपी जन्मजयन्ती मनाइँदै
मोटरसाइकल दुर्घटनामा परेर युवाको मृत्यु
मोटरसाइकल दुर्घटनामा परेर युवाको मृत्यु
सर्लाहीको कविलासीमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनमा
सर्लाहीको कविलासीमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनमा
आइसिसी यू-१९ महिला विश्वकप : अस्ट्रेलियाविरूद्ध फिल्डिङ गर्दै नेपाल
आइसिसी यू-१९ महिला विश्वकप : अस्ट्रेलियाविरूद्ध फिल्डिङ गर्दै नेपाल
कतार पठाइदिने भन्दै ठगी गर्ने मलेसियन नागरिकसहित ४ जना पक्राउ
कतार पठाइदिने भन्दै ठगी गर्ने मलेसियन नागरिकसहित ४ जना पक्राउ
विश्व शान्तिका लागि लुम्बिनीसम्म ‘महान् धम्म यात्रा’ हुँदै
विश्व शान्तिका लागि लुम्बिनीसम्म ‘महान् धम्म यात्रा’ हुँदै
बेरुतमा इजरायली आक्रमण ९५ जनाको मृत्यु
बेरुतमा इजरायली आक्रमण ९५ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?