बागमतीमा डुबेर बेपत्ता भएका दुई जनाको शव फेला
सारांश
- सर्लाही, रौतहट र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती नदीमा बेपत्ता भएका दुई युवक मृत अवस्थामा फेला परेका छन् ।
- शनिबार दिउँसो नदीले बगाएर बेपत्ता भएका सर्लाही लालबन्दी नगरपालिका–९ बस्तिपुरका १८ वर्षीय रोहित महतो र लालबन्दी नगरपालिका–५ का २१ वर्षीय गणेश महतोको शव आइतबार फेला परेको हो ।
- पाँच जना साथीहरूसँग नुनथर घुम्न गएका उनीहरू बागमती नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
१० जेठ, सर्लाही ।
सर्लाही, रौतहट र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती नदीमा बेपत्ता भएका दुई युवक मृत अवस्थामा फेला परेका छन् । शनिबार दिउँसो नदीले बगाएर बेपत्ता भएका सर्लाही लालबन्दी नगरपालिका–९ बस्तिपुरका १८ वर्षीय रोहित महतो र लालबन्दी नगरपालिका–५ का २१ वर्षीय गणेश महतोको शव आइतबार फेला परेको हो । पाँच जना साथीहरूसँग नुनथर घुम्न गएका उनीहरू बागमती नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका थिए । अन्य तीन जना भने सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम डीएसपी सरोज राईका अनुसार रोहितको शव आइतबार बिहान बागमती सिँचाइ आयोजनाको ड्यामभन्दा तल खोलामा फेला परेको थियो र गणेशको शव दिउँसो बागमती नगरपालिका–११ क्षेत्रमा ड्यामभन्दा उत्तरतर्फ पानीमा तैरिरहेको अवस्थामा भेटिएको हो ।

स्थानीय, परिवारका सदस्य र सुरक्षाकर्मीले संयुक्त रूपमा खोजी गरेपछि दुवैको शव फेला परेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । स्थानीयका अनुसार नुनथर र बागमती सिँचाइ आयोजनाको ड्याम आसपास क्षेत्रमा पौडी खेल्न निषेध गरिए पनि बाहिरी क्षेत्रबाट आउने युवाहरू नदीमा पस्ने गरेका छन् । सो क्षेत्रमा यसअघि पनि डुबेर मृत्यु हुने घटना हुँदै आएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया