विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह समेटिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ३, २०८३
|
|
३८६ पटक हेरिएको
Shares
विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह समेटिए

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन् ।
  • प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू’ को सूचीमा उनको नाम पनि समेटिएको हो ।
  •  टाइमले विश्वका शक्तिशाली राजनीतिज्ञ, कलाकार र चिन्तकहरूको सूचीमा उनलाई नेता क्याटोगोरीमा समेटेको हो ।

३ वैशाख, काठमाडौँ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन् । प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू’ को सूचीमा उनको नाम पनि समेटिएको हो । टाइमले विश्वका शक्तिशाली राजनीतिज्ञ, कलाकार र चिन्तकहरूको सूचीमा उनलाई नेता क्याटोगोरीमा समेटेको हो । टाइमले ३६ वर्षीय शाहलाई ‘हिप–हपका पूर्व स्टार’ र नेपालको इतिहासकै ‘कान्छो प्रधानमन्त्री’ का रूपमा चित्रण गरेको छ।

फागुन २१ मा सम्पन्न आम निर्वाचनमा युवापुस्ताको अभूतपूर्व समर्थन र पुराना नेताहरूप्रतिको वितृष्णाका कारण बालेनले सानदार जित हासिल गरेको म्यागजिनले उल्लेख गरेको छ । सिभिल इन्जिनियरिङमा स्नातक गरेका शाहले काठमाडौँको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको सुधारलाई राष्ट्रिय तहमा लैजाने चुनौती अब उनीसामु रहेको टाइमले टिप्पणी गरेको छ ।उनको उदयलाई दक्षिण एसियाको जड सुत्रवादी वंशवादी राजनीति विरुद्धको ठुलो प्रहारको रूपमा व्याख्या गरिएको छ ।

यस वर्षको प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाहसँगै विश्वका अन्य शक्तिशाली नेता तथा प्रतिष्ठित व्यक्तित्वहरू पनि अटाएका छन् । राजनीतिक नेतृत्वतर्फ अमेरिकी नेता डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, पोप लियो चौधौँ, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनवाम, मार्क कार्नी र बेन्जामिन नेतान्याहु जस्ता नामहरू समावेश छन्। त्यस्तै, व्यापार र प्रविधिको क्षेत्रबाट गुगलका सुन्दर पिचाई, अर्बपति माइकल डेल, डेभिड एलिसन र टेस्ला तथा स्पेसएक्ससँग आबद्ध ग्विन सटवेल प्रभावशाली १०० को सूचीमा परेका छन् ।

कला तथा मनोरञ्जनको विधामा बलिउड अभिनेता रणवीर कपूर, हलिउड अभिनेत्रीहरू जोई साल्डाना, डकोटा जोन्सन, केके पाल्मर, बेनिसियो डेल टोरो र चर्चित गायक ल्युक कोम्ब्स अटाएका छन्। साथै, खेलकुदका हस्ती स्कट्टी सेफलर, हिलारी नाइट, लान्डो नोरिस र सामाजिक सञ्जालका प्रसिद्ध व्यक्ति ‘मिस्टर बिस्ट’ पनि यो प्रतिष्ठित सूचीमा समेटिएका छन्। नवप्रवर्तन र विचारको क्षेत्रमा डारियो अमोदेई, निकी ग्लेजर र विकास खन्ना जस्ता व्यक्तित्वहरूले पनि स्थान बनाएका छन् ।

नेपाली प्रधानमन्त्री शाहका लागि टाइममा लेखिएको लेखमा भनिएको छ, ‘बालेनको उदयले नेपालको ३ करोड जनसङ्ख्याको नेतृत्व मात्र गरेको छैन, यसले पुरानो राजनीतिक शैलीलाई पूर्णतः अस्वीकार गरेको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपति अमालकोटमै जुवा अड्डा, संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ
पशुपति अमालकोटमै जुवा अड्डा, संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ
इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए
इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए
आज एमाले संसदीय दलको बैठक बस्दै
आज एमाले संसदीय दलको बैठक बस्दै
कैलाली भन्सार प्रमुखमाथि कुटपिट : नगर प्रहरी प्रमुखसहित चार पक्राउ
कैलाली भन्सार प्रमुखमाथि कुटपिट : नगर प्रहरी प्रमुखसहित चार पक्राउ
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’
कर्णालीमा बेपत्ता व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन
कर्णालीमा बेपत्ता व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
ललितपुरमा एक महिलाको ह*त्या, श्रीमान पक्राउ
ललितपुरमा एक महिलाको ह*त्या, श्रीमान पक्राउ
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ
सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर
सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर