नागरिक एपमार्फत राहदानी आवेदन दिन मिल्ने सुविधा ल्याउँदै सरकार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २, २०८३
|
|
१३२ पटक हेरिएको
Shares
नागरिक एपमार्फत राहदानी आवेदन दिन मिल्ने सुविधा ल्याउँदै सरकार

सारांश

  • सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर ३१ कार्यान्वयनका लागि राहदानी विभागले प्राविधिक तयारी सुरु गरेको छ ।
  • नागरिक एपमार्फत राहदानी आवेदनलाई सहज बनाउने र सेवाग्राहीले आफ्नै मोबाइलमा रहेको डेटा प्रयोग गरी ‘अटो फिल’ मार्फत फाराम भर्न सक्ने व्यवस्था मिलाउन विभागले सूचना प्रविधि विभागसँग समन्वय अगाडि बढाएको हो ।
  • राहदानी विभागका सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीका अनुसार यस योजनालाई कार्यान्वयनमा लैजान गत २० चैतमा सूचना प्रविधि विभागसँग विस्तृत छलफल गरिएको थियो ।

२ वैशाख, काठमाडौँ ।

सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर ३१ कार्यान्वयनका लागि राहदानी विभागले प्राविधिक तयारी सुरु गरेको छ । नागरिक एपमार्फत राहदानी आवेदनलाई सहज बनाउने र सेवाग्राहीले आफ्नै मोबाइलमा रहेको डेटा प्रयोग गरी ‘अटो फिल’ मार्फत फाराम भर्न सक्ने व्यवस्था मिलाउन विभागले सूचना प्रविधि विभागसँग समन्वय अगाडि बढाएको हो । राहदानी विभागका सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीका अनुसार यस योजनालाई कार्यान्वयनमा लैजान गत २० चैतमा सूचना प्रविधि विभागसँग विस्तृत छलफल गरिएको थियो ।

सोही छलफलका आधारमा २२ चैतमा विभागले क्यूआर कोड जेनेरेट गर्ने र त्यसपछिका प्रक्रियाका लागि आवश्यक पर्ने एपीआई कलेक्सन उपलब्ध गराइसकेको छ । हाललाई नागरिक एपमा रहेको क्यूआर स्क्यानिङमार्फत सेवाग्राहीले आफ्नो विवरण फाराममा भर्न सक्ने गरी पूर्वाधार तयार पारिएको विभागले जनाएको छ । यद्यपि, हाल सञ्चालनमा रहेको राहदानी प्रणालीको सम्झौता सन् २०२६ जुलाईसम्म मात्र रहेकाले तत्कालै प्रणालीमा ठुलो हेरफेर गर्न प्राविधिक चुनौती रहेको निर्देशक केसीले बताए । उनका अनुसार पुरानो प्रणालीमा कुनै पनि फिचर थपघट गर्न ‘चेन्ज रिक्वेस्ट’ (Change Request) प्रक्रियामार्फत जानुपर्ने हुन्छ, जसमा करिब दुईदेखि तीन महिना समय लाग्न सक्छ ।

यसैलाई मध्यनजर गर्दै विभागले नयाँ राहदानी प्रणाली विकास गरिरहेको र नयाँ आवेदन प्रणाली सुरु भएसँगै नागरिक एपबाटै पूर्ण रूपमा आवेदन दिन सकिने गरी आवश्यक एपीआईहरू विकास गरिरहेको उनले जानकारी दिए । हाल नागरिक एपमा राहदानी लिंक गरी विवरण हेर्न सकिने व्यवस्था छ । सरकारले १४ चैतमा सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीमा ४५ दिनभित्र राहदानी, सवारीचालक अनुमति पत्र र प्रहरी प्रतिवेदनका लागि नागरिक एपमार्फत आवेदन दिन सकिने व्यवस्था मिलाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहाको गोल बजारमा ६ सिलिण्डर विष्फोट, होटल पुर्णरूपले ध्वस्त। 
सिरहाको गोल बजारमा ६ सिलिण्डर विष्फोट, होटल पुर्णरूपले ध्वस्त। 
चीनका पूर्व कृषि मन्त्रीलाई भ्रष्टाचारको आरोपमा मृ*त्युदण्ड
चीनका पूर्व कृषि मन्त्रीलाई भ्रष्टाचारको आरोपमा मृ*त्युदण्ड
तीनकुने घटना प्रकरण : काठमाडौं अदालतमा दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीको बयान आजदेखि
तीनकुने घटना प्रकरण : काठमाडौं अदालतमा दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीको बयान आजदेखि
खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि
खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि
पोखरीमा डुबेर सिरहामा दुई बालकको मृत्यु
पोखरीमा डुबेर सिरहामा दुई बालकको मृत्यु
पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक रेल ‘हाइज्याक’
पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक रेल ‘हाइज्याक’
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु
सानेपामा रमेश लेखक : छलफलले सफलता पाउन सकेन
सानेपामा रमेश लेखक : छलफलले सफलता पाउन सकेन
सोलु हाईड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्काशन
सोलु हाईड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्काशन
रास्वपाको समानुपातिक सूचीवाट डा. राजमी रामले लिए उम्मेदवारी फिर्ता
रास्वपाको समानुपातिक सूचीवाट डा. राजमी रामले लिए उम्मेदवारी फिर्ता
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...