Press 4K
सोमबार, २३ चैत्र २०८२

युएस ओपन करातेमा सन्तोषलाई काँस्य

Raju Yadav Raju Yadav
|
सोमबार, चैत्र २३, २०८२
|
|
१३ पटक हेरिएको
Shares
युएस ओपन करातेमा सन्तोषलाई काँस्य

सारांश

  •   २३ चैत ,काठमाडौं ।
  • अमेरिकामा भएको युएसए ओपन कराते च्याम्पियनसिप २०२६ मा नेपालका सन्तोष राईले कँंस्य पदक जितेका छन् ।
  • टेक्सास राज्यस्थित फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा आइतबार भएको च्याम्पियनसिपमा नेपाली खेलाडी सन्तोषले काता विधातर्फ काँस्य पदक जितेका हुन् ।

 

२३ चैत ,काठमाडौं ।

अमेरिकामा भएको युएसए ओपन कराते च्याम्पियनसिप २०२६ मा नेपालका सन्तोष राईले कँंस्य पदक जितेका छन् । टेक्सास राज्यस्थित फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा आइतबार भएको च्याम्पियनसिपमा नेपाली खेलाडी सन्तोषले काता विधातर्फ काँस्य पदक जितेका हुन् । यस प्रतियोगितामा सन्तोषले रिपेचाजमार्फत पदक सुरक्षित गरे । रिपेचाजमा अमेरिकाका कारास्क्वेललाई हराउँदै सन्तोषले नेपाललाई पदक दिलाए ।

त्यसअघि पहिलो खेलमा अमेरिकाकै भिरायो पिएरपाओलोलाई हराएर सन्तोषले विजयी यात्रा सुरु थिए । उनले दोस्रो खेलमा पनि अमेरिकाकै कोम्पस जोनीलाई पराजित गरे । तेस्रो खेलमा भने सन्तोष ओसाको हिसाओसँग पराजित हुन पुगे । यससँगै उनको फाइनल खेल्ने सपना पूरा हुन सकेन । तर, रिपेचाजबाट उनी पदक जित्न सफल भए ।सन्तोषले फाइटमा पनि प्रतिस्पर्धा गरेका थिए । फाइटतर्पm उनले पाँच बाउट जिते पनि पदकका लागि पर्याप्त भएन । यस विधामा पनि रिपेचाजबाट पदकका लागि भएको भिडन्तमा सार्दी मार्सेलोसँग अन्तिम समय समालिन नसक्दा सन्तोष अर्को पदकबाट चुकेका हुन् । फाइटमा सन्तोषले पहिलो खेलमा अमेरिकाका नाथानियल जुनियरलाई ७–० ले पराजित गरेका थिए ।

त्यसपछि उनले अमेरिकाका सोर्बी ओरिया र कारास्क्वेललाई हराउँदै अगाडि बढे । चौथो खेलमा भने सन्तोषले घरेलु टोलीका कुचुक्कसँग पराजित भएपछि फाइनलमा पुग्न योजना पूरा भएन । उनका प्रशिक्षक सुनिल लामाले आफ्ना खेलाडीले सन्तोष जनक प्रदर्शन गरेको र अन्तिम समयमा समालिन नसक्दा अर्को पदकबाट चुकेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पात्रो

२०८२
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...