Press 4K
आइतबार, २२ चैत्र २०८२, १७ : १३ : ३१

लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

Raju Yadav Raju Yadav
|
आइतबार, चैत्र २२, २०८२
|
|
१७ पटक हेरिएको
Shares
लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

सारांश

  •   २२ चैत,काठमाडौं ।
  • लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन् ।
  • काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित वुद्ध ब्वाईज होस्टेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेटसहित सोही होस्टेलमा बस्ने झापा घर भएका २७ वर्षीय अभिषेक भारतीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

२२ चैत,काठमाडौं ।

लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित वुद्ध ब्वाईज होस्टेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेटसहित सोही होस्टेलमा बस्ने झापा घर भएका २७ वर्षीय अभिषेक भारतीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस्तै, कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा कटानबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८३०मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय शिवराज विक समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बनकुरूवाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ मिलिग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्तनगरपालिका-१८ कटान बस्ने २१ वर्षीय निशाज डगौरा र बेलडाँडी गाउँपालिका-१ रतनपुर बस्ने २२ वर्षीय प्रकाश डगौरा रहेका छन् ।इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बैबाहबाट सिमलडाँडीतर्फ आउँदै गरेको सु.प.प्र.०२००३ प ८७०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम७४० मिलिग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भेरीगंगा नगरपालिका-१३ रामघाट बस्ने ३३ वर्षीय शिखर विक र दाङ घोराही उपमहानगरपालिका-१४ ढोडेरी गुम्बा बस्ने २७ वर्षीय प्रबिन चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीलेउनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । मोरङ सुन्दरहरैँचा नगरपालिका-१२ हरैँचा मोडबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९३० मिलिग्रामसहित उर्लाबारी नगरपालिका-३ मंगलबारे बस्ने २४ वर्षीय निरज ठकुरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै, झापा भद्रपुर नगरपालिका-५ नयाँ बजारबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६९० मिलिग्रामसहित बिर्तामोड नगरपालिका-८ गरामनी बस्ने २८ वर्षीय किरण श्रेष्ठ समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।काठमाडौं । लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित वुद्ध ब्वाईज होस्टेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेटसहित सोही होस्टेलमा बस्ने झापा घर भएका २७ वर्षीय अभिषेक भारतीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस्तै, कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा कटानबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय शिवराज विक समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बनकुरूवाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ मिलिग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-१८ कटान बस्ने २१ वर्षीय निशाज डगौरा र बेलडाँडी गाउँपालिका-१ रतनपुर बस्ने २२ वर्षीय प्रकाश डगौरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बैबाहबाट सिमलडाँडीतर्फ आउँदै गरेको सु.प.प्र.०२००३ प ८७०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७४० मिलिग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भेरीगंगा नगरपालिका-१३ रामघाट बस्ने ३३ वर्षीय शिखर विक र दाङ घोराही उपमहानगरपालिका-१४ ढोडेरी गुम्बा बस्ने २७ वर्षीय प्रबिन चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । मोरङ सुन्दरहरैँचा नगरपालिका-१२ हरैँचा मोडबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९३० मिलिग्रामसहित उर्लाबारी नगरपालिका-३ मंगलबारे बस्ने २४ वर्षीय निरज ठकुरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै, झापा भद्रपुर नगरपालिका-५ नयाँ बजारबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६९० मिलिग्रामसहित बिर्तामोड नगरपालिका-८ गरामनी बस्ने २८ वर्षीय किरण श्रेष्ठ समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८२
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...