प्रधानमन्त्रीलाई विश्वासको मत नदिन काँग्रेसको ‘ह्विप’

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २८, २०८०
|
|
३४ पटक हेरिएको
Shares
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन काँग्रेसको ‘ह्विप’

सारांश

  • प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
  • आज (सोमबार) काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमवार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्विप जारी गरेका हुन् ।
  • आफ्ना सांसदहरुलाई फागुन ३० को प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थिति हुन काँग्रेसले निर्देशन दिएको छ ।

२८ फागुन, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । आज (सोमबार) काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमवार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्विप जारी गरेका हुन् ।

आफ्ना सांसदहरुलाई फागुन ३० को प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थिति हुन काँग्रेसले निर्देशन दिएको छ । नयाँ सत्ता समीकरण बनेपछि सरकारबाट बाहिरिएको काँग्रेसले बिहीबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने संवैधानिक व्यवस्था छ । काँग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ‘प्रचण्ड’ले फागुन ३० गते विश्वासको मत लिने प्रयोजनका लागि आइतबार संसद सचिवालयलाई पत्र पठाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र लेखक लगायतका नेताहरूको बयान लिने सरकारको तयारी
ओली र लेखक लगायतका नेताहरूको बयान लिने सरकारको तयारी
वाईसीएललाई प्रचण्डको निर्देशन : सबैखाले प्रतिगमनविरुद्ध खरो र दह्रो साबित गर्नुस्
वाईसीएललाई प्रचण्डको निर्देशन : सबैखाले प्रतिगमनविरुद्ध खरो र दह्रो साबित गर्नुस्
पत्रकार सुरेश रजकको पोस्टमार्टम : गोली भेटिएन, जलेर मृत्यु भएको पुष्टि
पत्रकार सुरेश रजकको पोस्टमार्टम : गोली भेटिएन, जलेर मृत्यु भएको पुष्टि
कवाड व्यवसायीले गृहमन्त्रीलाई बुझाए ५ बुँदे मागसहित ज्ञापनपत्र​​
कवाड व्यवसायीले गृहमन्त्रीलाई बुझाए ५ बुँदे मागसहित ज्ञापनपत्र​​
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्छ : बामदेव गौतम
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्छ : बामदेव गौतम
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई
मधेश प्रदेश मा आज चौठचन्द्र पर्व मनाइँदै
मधेश प्रदेश मा आज चौठचन्द्र पर्व मनाइँदै
परराष्ट्रमन्त्री राणा जेनेभा प्रस्थान
परराष्ट्रमन्त्री राणा जेनेभा प्रस्थान
सवारी दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ