प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा डिजिटल एक्स–रे सेवा सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २८, २०८२
|
|
१०६ पटक हेरिएको
Shares
प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा डिजिटल एक्स–रे सेवा सुरु

सारांश

  • हरिपुर नगरपालिका–२ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा डिजिटल एक्स–रे सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
  • गत सोमबार एक कार्यक्रमका बीच उक्त सेवाको समुद्घाटन गरिएको हो।
  • कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख गोपाल परियारले डिजिटल एक्स–रे सेवा सुरु भएसँगै स्थानीय नागरिकले अब सामान्य जाँचका लागि जिल्ला सदरमुकाम वा बाहिर धाउनुपर्ने बाध्यता अन्त्य हुने बताए।

माघ २८, सर्लाही।

हरिपुर नगरपालिका–२ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा डिजिटल एक्स–रे सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। गत सोमबार एक कार्यक्रमका बीच उक्त सेवाको समुद्घाटन गरिएको हो।

कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख गोपाल परियारले डिजिटल एक्स–रे सेवा सुरु भएसँगै स्थानीय नागरिकले अब सामान्य जाँचका लागि जिल्ला सदरमुकाम वा बाहिर धाउनुपर्ने बाध्यता अन्त्य हुने बताए। उनले स्वास्थ्य सेवा विस्तार र गुणस्तर सुधार नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गरे।

उपप्रमुख निलमदेवी राय यादवले ग्रामीण भेगका बिरामीलाई सहज, छिटो र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल प्रविधि जडान गरिएको बताइन्। उनले स्वास्थ्य केन्द्रलाई क्रमशः थप उपकरण र जनशक्तिबाट सुदृढ बनाइने जानकारी दिइन्।

प्रमुख प्रशासकीय अधिकृत विनय पौडेलले आधुनिक प्रविधिको प्रयोगले सेवा प्रवाह छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरे। डिजिटल एक्स–रे प्रणालीले कम समयमा स्पष्ट रिपोर्ट उपलब्ध गराउने र उपचार प्रक्रियालाई सहज बनाउने उनको भनाइ थियो।

उक्त कार्यक्रममा जनस्वास्थ्य निरीक्षक नवल किशोर रायले डिजिटल एक्स–रे सेवा सञ्चालनमा आएको जानकारी दिँदै यसले विशेषगरी दुर्घटना तथा हड्डीसम्बन्धी समस्याका बिरामीलाई ठूलो राहत मिल्ने बताए।

स्थानीय बासिन्दाले स्वास्थ्य केन्द्रमै आधुनिक सेवा सुरु भएकोमा खुशी व्यक्त गरेका छन्। अब सामान्य एक्स–रे जाँचका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनमा मृ*त्यु हुनेको संख्या ७२ पुग्यो
जेनजी आन्दोलनमा मृ*त्यु हुनेको संख्या ७२ पुग्यो
सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने
सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने
विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य
विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य
मोरङमा वर्षापछिको विपत्ति: सयौं परिवार सुरक्षित स्थानमा सारिए
मोरङमा वर्षापछिको विपत्ति: सयौं परिवार सुरक्षित स्थानमा सारिए
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका ६ जना खेलाडीहरुलाई मासिक एक लाख तलब , सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका ६ जना खेलाडीहरुलाई मासिक एक लाख तलब , सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर
सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो
सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो
बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार सरद ओझा नियुक्त
बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार सरद ओझा नियुक्त
बाक्लो हुस्सु लागेका कारण सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध
बाक्लो हुस्सु लागेका कारण सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ