८ श्रावण २०८२, बुधबार

निम्न माध्यमिक तहको शिक्षकका लागि दरखास्त आह्वान

२ फागुन, काठमाडौं। निम्न माध्यमिक तहका शिक्षकका लागि आवेदन माग भएको छ ।

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि दरखास्त माग गरेको हो । सामुदायिक विद्यालयको निम्न माध्यमिक तह शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आव्हान गरिएको आयोगले जनाएको छ । न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले बुधबार आजदेखि अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली  https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?