बारा जिल्लामा पनि प्रेस जनमत संघ गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २८, २०८०
|
|
४४ पटक हेरिएको
Shares
बारा जिल्लामा पनि प्रेस जनमत संघ गठन

सारांश

  • बारा जिल्लामा पनि प्रेस जनमत संघ गठन गरिएको हो।
  • जनमतका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी रामबाबु साहले आफ्नो शुभकामना तथा धारणा राख्ने क्रममा देशको गतिविधि बारे चर्चा गर्दै समाजमा नेता, कर्मचारी तथा पत्रकारिता जगतमा हुने गरेको व्यपार समाप्त गर्न लाई कलम चलाउन आग्रह गरेका थिए।
  • सोही क्रममा राजनीतिक समिति सदस्य प्रभु पटेल आफ्नो शुभकामना दिने क्रममा पत्रकारितामा भए गरेका वा हुने गरेका बिकृती बारे चर्चा गर्दै यस्तो पार्टीको शुभेच्छुक संस्था खडा गर्नु नै सबै भन्दा ठूलो चुनौती लाई आत्मसात गर्ने आट समाज तथा देशको उन्नति प्रगती तर्फ लम्कने संकेत रहेको देखिएको बताए।

अमरेश कुमार पाण्डेय

२८ माघ, कलैया । बारा जिल्लामा पनि प्रेस जनमत संघ गठन गरिएको हो। जनमतका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी रामबाबु साहले आफ्नो शुभकामना तथा धारणा राख्ने क्रममा देशको गतिविधि बारे चर्चा गर्दै समाजमा नेता, कर्मचारी तथा पत्रकारिता जगतमा हुने गरेको व्यपार समाप्त गर्न लाई कलम चलाउन आग्रह गरेका थिए।

सोही क्रममा राजनीतिक समिति सदस्य प्रभु पटेल आफ्नो शुभकामना दिने क्रममा पत्रकारितामा भए गरेका वा हुने गरेका बिकृती बारे चर्चा गर्दै यस्तो पार्टीको शुभेच्छुक संस्था खडा गर्नु नै सबै भन्दा ठूलो चुनौती लाई आत्मसात गर्ने आट समाज तथा देशको उन्नति प्रगती तर्फ लम्कने संकेत रहेको देखिएको बताए। पत्रकारिता जगतमा हुनेगरेका दलगत भावना समाहित भएर हाम्रो समाज तथा देश दिन दिनै डुब्न लागेकोले यस्तो कुरा बाट समाज लाई बाहिर निकाल्ने अभिभारा लिएर हिड्न लाई पटेलले शुभकामना दिएका थिए।

मधेश प्रदेश कमिटीका सन्तोष पटेलले आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा पत्रकारिता जगतमा लागेका व्यक्तिको आर्थिक अवस्था कमजोर हुने गरेको बारे चर्चा गर्दै त्यसप्रति पनि आफुहरु सोचेर अगाडि बढ्ने जनाएका छन्। त्यस्तै गजानंद यादवले पनि मिडियाहरुको एउटा छुट्टै सञ्जाल बनाउन सक्ने सम्भावना रहेको कुरा लाई जोड दिदै जनता लाई सहि सुचना दिने अवधारणा अगाडि बढाउन लाई जोडिएका थिए।

जनमत पार्टीको शुभेच्छुक संस्था प्रेस जनमत संघ आज देखि पार्टीका गतिविधि बारे सम्प्रेषण गर्ने उद्देश्यले गठन गरिएको जिल्ला इन्चार्ज शिवनाथ पटेलले आफ्नो धारणा राखेका थिए। त्यसै क्रममा डा. सिके राउतको विचार लाई हरेक जनमा पुर्याउने धारणा रहेको मुल उद्देश्य रहेको वताए। प्रेस जनमत संघ गठनको शुभकामना दिने क्रममा पार्टीका जिल्ला इन्चार्ज पटेलले पार्टीको गतिविधि बारे जानकारी दिदै काठमांडौको इमाडोलमा आउदो जेष्ठ १५ गते पाँच लाख जनता उतार्ने बताएका थिए।

शुभकामना दिने क्रममा नै युवा इन्चार्ज बिकास सिंहले आफ्नो ठूलो सभा हँल पार्टीका लागि सधैका लागि निशुल्क हुनुको साथै युवा जनमत संघको छुट्टै कार्यालय खोल्ने उदघोस गरेका छन्।

अमरेश कुमार पाण्डे- अधयक्ष, श्यामल कुमार गिरी उपाध्यक्ष, बिकाश कुमार सिंह-सचिव, संजय कुमार सहनी स-सचिव, मुकेश साह कोषाध्यक्ष, शैलेश तिवारी, रामाकान्त यादव, विजय साह, रामाशंकर कुशुवाहा, अञ्चली तिवारी, सुनिता पासवान लगायतका एघार सदसिय कमिटी गठन गरिएको हो।

रामाशंकर कुशुवाहाको अध्यक्ष्ता तथा पार्टीका केन्द्रिय सदस्य रामबाबु साह, विशिष्ट अतिथीको रूपमा राजनीतिक समिति सदस्य प्रभु पटेल, केन्द्रिय सदस्य रोसन खातुन, प्रेस मञ्च नेपालका केन्द्रिय सदस्य अनिल वर्मा, प्रेस सेन्टरका रमेश साह, नेपाल पत्रकार महा संघका अनिल पाण्डेय लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच गान्सुमा भेट
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच गान्सुमा भेट
स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते परिमार्जित बजेट ल्याउँदै
सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते परिमार्जित बजेट ल्याउँदै
राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा
राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा
विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको सहज जित, कप्तान इन्दुको उत्कृष्ट ब्याटिङ
विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको सहज जित, कप्तान इन्दुको उत्कृष्ट ब्याटिङ
कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
रविको बयान सकियो, परिवार र वकिलको जिम्मामा छाडियो
रविको बयान सकियो, परिवार र वकिलको जिम्मामा छाडियो
विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै
विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै
प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट विप्लवको नाम सिफारिस
प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट विप्लवको नाम सिफारिस