ओली समूहमा परेनन् रघुजी पन्त, उपाध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी
२९ मंसिर, काठमाडौं ।
नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । महाधिवेशन प्रतिनिधिहरूको सुझावअनुसार उम्मेदवारी दिएको उनले बताए । ‘दुवैतिरका साथीहरूको आग्रहमा उम्मेदवारी दिएँ,’ उनले भने ।

नेता पन्त केपी शर्मा ओली समूहमा थिए । ओली समूहले उनलाई समेटेर प्यानल बनाएन । त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । एमालेको ११औं महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल अध्यक्षमा भिड्दैछन् ।




Post Comment