नेपालमा व्यवासाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १५, २०८२
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा(फेसबुक) लगायतका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्ने बताएका छन् ।
  • प्रेस चौतारी नेपालले नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा गरेको संवाद कार्यक्रममा बोल्दै उनले नेपालमा व्यवसाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्ने बताएका हुन् ।
  • उनले भने, ‘हाम्रो देशको आफ्नो स्वाधिनता छ ।

१५ मंसिर, काठमाडौं ।

नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा(फेसबुक) लगायतका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा गरेको संवाद कार्यक्रममा बोल्दै उनले नेपालमा व्यवसाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘हाम्रो देशको आफ्नो स्वाधिनता छ । रेगुलेशन अत्यन्तै आवश्यक छ । राष्ट्रिय स्वाधिनतको हिसाबले नेपालमा व्यवसाय गर्न आउने सबैले नेपालमा दर्ता हुनुपर्छ कि पर्दैन ? नेपालको संविधान मान्न पर्छ कि पर्दैन ? नेपालको कानुन मान्न पर्छ कि पर्दैन ? उनीहरू नेपालको संविधान मान्दिन भन्छ, नेपालको कानुन मान्दिनँ भन्छ, बन्दै गरेको कानुनको पनि डिफेम गर्छ । तेरो देशको सरकार गरिब सरकार, सानो देश, भ्रष्टाचार हुने देश भन्छ । हाम्रो आफ्नो स्वाधिनता छैन ? आफ्नो स्वाभिमान छैन ? त्यसकारण यो आज परिस्थितिले गर्दा मैले बोल्नुपर्यो ।

कुनै न कुनै दिन फेरि यो बन्द गर्नुपर्छ । त्यो आएन भने फेरि रेगुलेसन गर्नुपर्छ । रेगुलेसन त अत्यन्तै आवश्यक छ नि । नेपालीले नेपालमा व्यवसाय गर्दा चिया पसल खोल्दा त सिडियो कार्यालयमा दर्ता गर्नुपर्छ, उसको कम्पनी, व्यवसाय । त्यत्रो अर्बौं रुपैयाँ व्यवसाय गर्ने त्यो कम्पनी यहाँ दर्ता गर्न पर्दैन भनेर कुन नेपालीले भन्छ ? पर्दैन, पर्छ नि ।’ गुरुङ सञ्चारमन्त्री भएको बेलामा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको थियो । तर जेनजी आन्दोलनका कारण फेरि ती सञ्जालहरू खुला भएका थिए । साथै उनले सबै मान्छेले राजनीति नै नबुझेको समेत बताए । उनले धेरैले चुनाव हुन्छ, मन्त्री बन्छ, सकिन्छ यति हो राजनीति भनेर बुझेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुवेतको तेल रिफाइनरीमा ड्रोन आक्रमण
कुवेतको तेल रिफाइनरीमा ड्रोन आक्रमण
रविको बयान सकियो, परिवार र वकिलको जिम्मामा छाडियो
रविको बयान सकियो, परिवार र वकिलको जिम्मामा छाडियो
सुन तस्करीमा डिजिटल वालेट : १ अर्ब २० करोड कारोबार गर्ने एजेन्ट बाराबाट पक्राउ
सुन तस्करीमा डिजिटल वालेट : १ अर्ब २० करोड कारोबार गर्ने एजेन्ट बाराबाट पक्राउ
सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक
सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक
कर्मचारीले घुस मागे अब सिधै अर्थमन्त्रीलाई इमेल
कर्मचारीले घुस मागे अब सिधै अर्थमन्त्रीलाई इमेल
दाङमा बस दुर्घटना : २ जनाको मृ*त्यु, ३५ घाइते
दाङमा बस दुर्घटना : २ जनाको मृ*त्यु, ३५ घाइते
चन्दाले हैन भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाऊ : हर्क साम्पाङ
चन्दाले हैन भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाऊ : हर्क साम्पाङ
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
आगामी आर्थिक वर्षमा नेपालको जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
आगामी आर्थिक वर्षमा नेपालको जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
नेपालमा साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरबीच समझदारी
नेपालमा साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरबीच समझदारी