मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २७, २०८२
|
|
३२ पटक हेरिएको
Shares
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण

सारांश

  • मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.
  • सुरेन्द्र लाभले पदभार ग्रहण गरेका छन् ।
  • डा.

२७ कात्तिक, जनकपुर ।

मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पदभार ग्रहण गरेका छन् । डा. लाभलाई नेपाली सेनाको टोलीले सलामी दिएर मधेश प्रदेश प्रमुख कार्यालयमा स्वागत गरेका छन् । सो क्रममा मधेश प्रदेशका सुरक्षा निकायका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो । पदभार ग्रहण गर्दै प्रदेश प्रमुख डा.लाभले आफूलाई जिम्मेवारीबोध भएको अनुभूति भइरहेको बताए । उनले सम्पूर्ण जनता, सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सबैलाई मिलेर प्रदेश बनाउनुपर्ने धारणा राखे । डा.लाभले विधिको साशनलाई सबैले मान्नुपर्ने बताए ।

उनले आफू जनकपुरधामकै भएकाले मधेश प्रदेशको हरेक पक्ष र समस्याहरुसंग आफू परिचित रहेकोले काम गर्न सहज हुने बताए । डा.लाभले हाल मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्तिसंग उम्रीएको विवाद अदालतमा पुगिसकेकाले अदालतले गर्ने निर्णय नै मान्य हुने प्रष्ट पारे । मुख्यमन्त्री यादवको नियुक्तिको विषयमा उत्पन्न विवाद पश्चात मधेश प्रदेशकी पूर्वप्रमुख सुमित्र सुवेदी भण्डारीलाई पदमुक्त गरिएपछि डा.लाभलाई सिफारिस गरिएको थियो । मंगलबार राष्ट्रपति राम चन्द्र मण्डलले डा.लाभलाई सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड: १८ मृतकका परिवारलाई जनही १० लाख दिने घोषणा
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड: १८ मृतकका परिवारलाई जनही १० लाख दिने घोषणा
मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार हो : डा.वाग्ले
मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार हो : डा.वाग्ले
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी दिए राजीनामा
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी दिए राजीनामा
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत
गृहमन्त्रीको दौडधुप, प्रशासनिक अनुगमनदेखि पारिवारिक भेटघाटसम्म
गृहमन्त्रीको दौडधुप, प्रशासनिक अनुगमनदेखि पारिवारिक भेटघाटसम्म
जनकपुरमा मूर्ति विसर्जनका क्रममा हिन्दू–मुस्लिम बीच झडप
जनकपुरमा मूर्ति विसर्जनका क्रममा हिन्दू–मुस्लिम बीच झडप
जबरजस्ती करणी गरेको अभियोगमा धादिङ र कैलालीबाट दुई जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा धादिङ र कैलालीबाट दुई जना पक्राउ
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
नगर कार्यपालिकाको कार्यालय हरिपुर सर्लाहीको सार्वजनिक अनुरोध !!!