२४ माघ २०८२, शुक्रबार

कारोबारसँगै घट्यो सेयर बजार

२४ कात्तिक, काठमाडौं ।

सोमबार सेयर बजारमा कारोबार रकमसँगै परिसूचक नेप्से पनि घटेको छ।  अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.८० अंक घटेर २५६० मा कायम भएको छ। कारोबारको सुरुवातीमा नेप्से बढेको थियो। ११ : ३७ बजे नेप्से अधिकतम २५७६ सम्म पुगेको थियो। त्यसपछि ओरालो लागेको बजार २ : ३१ बजे न्यूनतम २५४४ अंकसम्म झर्‍यो। साढे १ बजेपछि मात्रै बजार केही सम्हालिएको हो। अघिल्लो दिन नेप्से ३० अंक घटेको थियो।

९१ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ११ को स्थिर रह्यो। होटेल तथा पर्यटन समूह १.६४ प्रतिशत बढ्यो। त्यस्तै व्यापार ०.५५ रलगानी ०.१० प्रतिशत बढे। यीबाहेक सबै समूहका सूचक घटेका छन्। कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब ५१ करोडमा सीमित भएको छ।

Post Comment

छुटाउनुभयो कि ?