नेतृत्वबारे निर्णय गर्ने अधिकार पार्टी सदस्यलाई मात्रै छ, पत्रकारलाई होइन : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २, २०८२
|
|
२७ पटक हेरिएको
Shares
नेतृत्वबारे निर्णय गर्ने अधिकार पार्टी सदस्यलाई मात्रै छ, पत्रकारलाई होइन : प्रचण्ड

सारांश

  • नेकपमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नेतृत्वमा को हुनुपर्छ वा को हुनुहुँदैन भन्ने अधिकार पार्टी सदस्यहरूलाई मात्रै रहेको बताएका छन् ।
  • माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा आज महालक्ष्मीस्थानमा आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
  • पार्टीको नेतृत्वमा को हुनुपर्छ वा को हुनुहुँदैन भनेर पत्रकारहरूले भन्ने हैन भन्दै त्यसको निराकरण सम्बन्धित पार्टीका सदस्यहरूले गर्ने विषय भएको उनले बताएका हुन् ।

२ कात्तिक, काठमाडौं ।

नेकपमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नेतृत्वमा को हुनुपर्छ वा को हुनुहुँदैन भन्ने अधिकार पार्टी सदस्यहरूलाई मात्रै रहेको बताएका छन् । माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा आज महालक्ष्मीस्थानमा आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

पार्टीको नेतृत्वमा को हुनुपर्छ वा को हुनुहुँदैन भनेर पत्रकारहरूले भन्ने हैन भन्दै त्यसको निराकरण सम्बन्धित पार्टीका सदस्यहरूले गर्ने विषय भएको उनले बताएका हुन् । प्रचण्डले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गर्दै अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढेको उनले बताए । अहिलेको अवस्थामा पार्टीलाई ठूलो जिम्मेवारी आएकाले १० बुँदे मार्गदर्शन जारी गरिएको उनले बताए ।

गत २३ भदौमा जेनजीले बेथिति, भ्रष्टाचार र कुशासनको विरुद्धमा आन्दोलित भएर राजनीति र देशप्रतिको मायाका साथै सुधारका लागि शक्ति प्रदर्शन गरेको हो, तर भदौ २४ गतेको आन्दोलनले देशमा कति खतरनक ढङ्गले गलत प्रवृत्तिको विकास हुँदैछ भन्ने पनि शिक्षा दिएको छ, यो हामीले बुझ्नुपर्छ, त्यसपछि हामी सबैले मुलुकमा राज्यविहीनताको अवस्थालाई अन्त्य गर्न भूमिका निर्वाह गर्यौं,’ उनले भने ।

प्रचण्डले जेनजी आन्दोलनका माग पनि पार्टीकै माग भएकाले आफूहरुले समर्थन गरेको उल्लेख गर्दै युवाको चाहाना र भावनाअनुसार पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिए । ‘परिवर्तित परिस्थितिमा पनि रुपान्तरण हुने पार्टी माओवादी हो, जेनजी युवासँग पनि निरन्तर संवाद र छलफल भइरहेको छ, संविधान संशोधन गरेर उनीहरूले बुझ्नुपर्छ, क्रान्तिकारीहरूले दुष्मन र मित्र चिन्नुपर्छ, यो कुरा नवयुवाहरूले बुझ्नुपर्छ,’ उनले भने ।

उनले सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषयमा आमजनता र युवालाई बुझाउन आवश्यक रहेको बताए । ‘लेनिनले भनेको जस्तो क्रान्तिकारी पार्टीले र नेताले मात्र गल्ती स्वीकार गर्छन्, बुर्जुवा र प्रतिक्रान्तिहरूले गल्ती स्वीकार गर्दैनन्, जनताको नेतृत्व गर्ने पार्टीका रूपमा हामी फेरि रुपान्तरण हुनुपर्नेछ, भ्रष्टाचारीको संरक्षण गर्नेहरू र क्रान्तिकारीहरू एकै हैनन्,’ उनले भने ।

उनले प्रतिक्रियावादी र प्रतिक्रान्तिवादीहरूले पूर्वसभामुख कृष्णबहादुर महरालाई गलत सन्देश, बेइमानी र षड्यन्त्रको सुरुवात गरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती सरकारको बजेट आज सार्वजनिक हुँदै
बागमती सरकारको बजेट आज सार्वजनिक हुँदै
जग्गा खरिदमा बदमासी गर्ने व्यास नगरपालिकाका चार कर्मचारी निलम्बन
जग्गा खरिदमा बदमासी गर्ने व्यास नगरपालिकाका चार कर्मचारी निलम्बन
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
लगानीकर्ता पछाडि हटे, नेप्सेमा १४ अर्ब तल झर्‍यो कारोबार रकम
लगानीकर्ता पछाडि हटे, नेप्सेमा १४ अर्ब तल झर्‍यो कारोबार रकम
कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको दुवै ढोका खोलियो सर्लाही सम्मको बस्ती खतरा मा
कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको दुवै ढोका खोलियो सर्लाही सम्मको बस्ती खतरा मा
रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै
रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै
आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह प्रयोग विहीन
आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह प्रयोग विहीन
भिजिट भिसा सेटिङका आरोपी नै गृहमन्त्रीको सचिवालयमा
भिजिट भिसा सेटिङका आरोपी नै गृहमन्त्रीको सचिवालयमा
रास्वपाको केन्द्रीय समिति बैठक सुरू
रास्वपाको केन्द्रीय समिति बैठक सुरू
देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन : मन्त्री खरेल
देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन : मन्त्री खरेल