सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, आज फेरि बन्यो सर्वाधिक महँगो
२७ असोज, काठमाडौं ।
हिजो तोलामा तीन हजार रुपैयाँ बढेको सुनको मूल्य आज पनि बढेको छ। तोलामा दुई हजार चारसय रुपैयाँ बढेर सुनको मूल्य आज दुईलाख ४० हजार चारसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। यसअघि गत साताको बिहीबार सुनको मूल्य दुई लाख ३९ हजार दुईसय रुपैयाँ पुगेर केही घटेको थियो।





Post Comment