वीरगन्जको गोल्डेन ह*त्या प्रकरण: थप १ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २१, २०८२
|
|
३४ पटक हेरिएको
Shares
वीरगन्जको गोल्डेन ह*त्या प्रकरण: थप १ जना पक्राउ

सारांश

  • वीरगन्जको दशैं मेलामा असोज १४ गते युवकको हत्यामा संलग्न भएको आरोपमा ‘खुनी दरिन्दे समूह (ग्याङ)’ का थप एक जना सदस्य पक्राउ परेका छन्।
  •   पक्राउ पर्नेमा पर्साको पकहाँ मैनपुर गाउँपालिका-१ धोरे स्थायी घर भई वीरगन्जमा बस्दै आएका अन्दाजी १६ वर्षका अंशु गिरी रहेका छन्।
  •   घटना लगत्तै फरार भएका गिरीलाई भारतमा लुकिछिपी बस्दै गरेको अवस्थामा प्रहरीले आज पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको हो।

२१ असोज, वीरगन्ज ।

वीरगन्जको दशैं मेलामा असोज १४ गते युवकको हत्यामा संलग्न भएको आरोपमा ‘खुनी दरिन्दे समूह (ग्याङ)’ का थप एक जना सदस्य पक्राउ परेका छन्।  पक्राउ पर्नेमा पर्साको पकहाँ मैनपुर गाउँपालिका-१ धोरे स्थायी घर भई वीरगन्जमा बस्दै आएका अन्दाजी १६ वर्षका अंशु गिरी रहेका छन्।  घटना लगत्तै फरार भएका गिरीलाई भारतमा लुकिछिपी बस्दै गरेको अवस्थामा प्रहरीले आज पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको हो।

यसअघि उक्त हत्यामा संलग्न रहेका ५ जनालाई प्रहरीले घटना भएको भोलिपल्टै पक्राउ गरेर असोज १६ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो। यसअघि पक्राउ पर्नेहरुमा हत्याका मुख्य आरोपी पर्साको वीरगन्ज महानगरपालिका–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल,२० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भन्ने करण प्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन्।  वीरगन्जमा लागेको दशैं मेलामा अष्टमीको राति अर्थात मंगलबार राति ११:३० बजेतिर वीरगन्ज महानगरपालिका वडा नम्बर १० गीता मन्दिर रोडमा युवाहरुको

दुई समूहबीच कुटपिट हुदाँ बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ९ स्थायी घर भई हाल वीरगन्ज–१० मा बस्दै आएका २० वर्षीय गोल्डेन भन्ने शिवम कुमार साह कानुको मृत्यु भएको थियो। गोल्डेनको हत्या ‘खुनी दरिन्दे समूह’ को नामबाट ह्वाट्स अप ग्रुप बनाएका युवाहरुको समूहले गरेको अनुसन्धानका क्रममा खुलेको १६ गतेको पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले खुलासा गरेका थिए। उक्त घटनामा संलग्न अरू केही व्यक्तिहरूको पनि पहिचान खुलिसकेको र उनीहरूको पनि खोजी भइरहेको प्रहरी उपरीक्षक पाठकले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता
चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता
दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात
दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात
एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे पार्टी परित्यागको घोषणा
एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे पार्टी परित्यागको घोषणा
अहिले लुटेराहरूको सरकार छ‚ सरकारी संस्था डुबाउन लागिपरेको छ : प्रभु साह
अहिले लुटेराहरूको सरकार छ‚ सरकारी संस्था डुबाउन लागिपरेको छ : प्रभु साह
४ हजार ९ सयले बढ्यो सुनचाँदीको मूल्य
४ हजार ९ सयले बढ्यो सुनचाँदीको मूल्य
अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्या*न गयो, १४३ जना घाइते
अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्या*न गयो, १४३ जना घाइते
म्यानमार भूकम्प अपडेट : ७०४ जनाको मृत्यु
म्यानमार भूकम्प अपडेट : ७०४ जनाको मृत्यु
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
झापामा मोटरसाइकल दुर्घटना, एपीएफका प्रहरी नायब निरीक्षकको मृ*त्यु
झापामा मोटरसाइकल दुर्घटना, एपीएफका प्रहरी नायब निरीक्षकको मृ*त्यु