चितवन कारागारबाट फरार तीन जना कैदी बेलहियाबाट पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
चितवन कारागारबाट फरार तीन जना कैदी बेलहियाबाट पक्राउ

सारांश

  •   चितवन कारागारबाट फरार तीन जना भारतीय कैदी पक्राउ परेका छन्।
  • कारागारबाट भागेर रूपन्देहीको बेलहिया हुँदै भारत जान लागेका उनीहरू रुपन्देही प्रहरीको नियन्त्रणमा रहेका छन्।
  • पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश संबल जिल्ला कोइलादेबी थाना बस्ने वर्ष ४१ को राज पाल, सोही जिल्ला बैजी थाना बस्ने वर्ष ४८ को अनिल गिरी र हरियाणा नगिना थाना बस्ने वर्ष २४ को अब्बास खाँ रहेका छन्।

२६ भदौ, काठमाडौं । 

चितवन कारागारबाट फरार तीन जना भारतीय कैदी पक्राउ परेका छन्। कारागारबाट भागेर रूपन्देहीको बेलहिया हुँदै भारत जान लागेका उनीहरू रुपन्देही प्रहरीको नियन्त्रणमा रहेका छन्। पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश संबल जिल्ला कोइलादेबी थाना बस्ने वर्ष ४१ को राज पाल, सोही जिल्ला बैजी थाना बस्ने वर्ष ४८ को अनिल गिरी र हरियाणा नगिना थाना बस्ने वर्ष २४ को अब्बास खाँ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार पाल र गिरी गाँजा तस्करी र खाँ सवारी दुर्घटनाको अभियोगमा कारागार चलान भएका थिए। कारागारबाट फरार भएका उनीहरूलाई बुधवार राति १२ बजेतिर भारतीय सिमा सुरक्षा बलले नियन्त्रणमा लिई रुपन्देही प्रहरीलाई जिम्मा लगाएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?