नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि
१९ भदौ, काठमाडौँ ।
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि बबरमहलस्थित नेपाल कला परिषद्को प्राङ्गणमा आयोजना हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन्। नेपाल पर्यटन बोर्ड र परिषद्ले काठमाडौं उपत्यकाका चारै महानगरपालिकासँगको सहकार्यमा आयोजना गर्ने महोत्सव आउँदाे असोज १० गतेसम्म जारी रहने छ।
परिषद्का अनुसार मुलुकको विशिष्ट सांस्कृतिक वैभव र धरोहरहरूलाई चित्रकलाका माध्यमबाट प्रस्तुत गरिएको महोत्सवमा नाम चलेका चित्रकारहरूका सिर्जना समावेश छन्। इन्द्रजात्राको अवसर पारेर आयोजना गरिएको महोत्सवमा काठमाडौँ उपत्यकाका सम्पदा, कला, संस्कृति झल्काउने सामग्री पनि समावेश गरिएका परिषद्ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
Related posts:
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी





Post Comment