प्रधानमन्त्रीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ८, २०८२
|
|
३५ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गठन

सारांश

  • नेपालको संविधान घोषणाको एक दसकलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ ।
  • नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलव्धिस्वरुप जनताबाट निर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थासहितको नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवस मानिन्छ ।
  • यस वर्ष संविधान जारी भएको दस वर्ष पुगेकाले यस वर्षको दिवसलाई थप हर्षाेल्लासपूर्ण र भव्य बनाउन नेपाल सरकारले तयारी गरेको छ ।

८ भदौ, काठमाडौं ।

नेपालको संविधान घोषणाको एक दसकलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ । नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलव्धिस्वरुप जनताबाट निर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थासहितको नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवस मानिन्छ । यस वर्ष संविधान जारी भएको दस वर्ष पुगेकाले यस वर्षको दिवसलाई थप हर्षाेल्लासपूर्ण र भव्य बनाउन नेपाल सरकारले तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले आगामी असोज २, ३ र ४ गते नेपलाभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरु र जनस्तरमा समेत दीपावलीलगायत विभिन्न कार्यक्रम गरी त्रिदिवसीयरुपमा दिवस मनाउन मूल समारोह समिति गठन गरिएको छ ।मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरु, मन्त्री र राज्यमन्त्रीहरु, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहेका छन् ।

बैठकले विषयगत उपसमिति पनि गठन गरेको छ ।  दिवसका क्रममा असोज ३ गते काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा सर्वसाधारणसमेतको उपस्थितिमा मूल समारोह हुनेछ भने प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रमहरु प्रस्ताव गरिएको छ । यस्तै दिवसको अवसरमा राष्ट्रिय गान र राष्ट्रभक्तिको साङ्गीतिक महोत्वस (नेशनल डे कन्सर्ट) आयोजना, जनस्तरका झाँकीहरु प्रदर्शनी आदि कार्यक्रम प्रस्ताव गरिएको छ ।

दिवसका अवसरमा वर्तमान संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, संविधानको महत्व, संविधानमा अन्तरनिहित पक्षहरुमा केन्द्रित विशेष संवाद, परिसंवाद तथा सन्देशमूलक नाटकजस्ता सृजनात्मक र रचनात्मक कार्यक्रम निर्माण तथा सञ्चालन गरी रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक वा निजी क्षेत्रसमेतका विद्युतीय तथा छापा माध्यम एवं सामाजिक सञ्जालमा प्रसारण र प्रकाशनको व्यवस्था मिलाउने प्रस्ताव गरिएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान घोषणा दस वर्ष पुगेको अवसरलाई राष्ट्रिय र जनस्तरमा विशेषरुपमा मनाउन आग्रह गर्दै संविधानसँग विकास, राष्ट्रियता, आधुनिकता, मौलिक हक, महिला सशक्तिकरण, समावेशीताका चरित्र, लोककल्णयकारी राज्य, संस्कृति आदि पक्षसँग जोड्नुपर्ने बताए । उनले वडा र विद्यालय तहसम्म कार्यक्रम आयोजना गर्ने र अधिकारकारुपमा जनतालाई संविधानको उपलव्धि र महत्वसँग एकाकार गराउन आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्जिनियरका दुःख, एसोसिएसनको चुनाव र उठाइनुपर्ने मुद्दाहरू
इन्जिनियरका दुःख, एसोसिएसनको चुनाव र उठाइनुपर्ने मुद्दाहरू
रास्वपालाई ओलीको कटाक्ष- रविको पक्षमा तीन करोड हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ
रास्वपालाई ओलीको कटाक्ष- रविको पक्षमा तीन करोड हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ
अमृत साइन्स क्याम्पसमा आज स्ववियु निर्वाचन
अमृत साइन्स क्याम्पसमा आज स्ववियु निर्वाचन
दिल्लीमा ४ तले भवन भत्कियो, उद्धार कार्य जारी, एक बालिकाको शव भेटियो
दिल्लीमा ४ तले भवन भत्कियो, उद्धार कार्य जारी, एक बालिकाको शव भेटियो
भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा
भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा
प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो
प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो
जनकपुरमा ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’
जनकपुरमा ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’
सुदूरपश्चिमका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
सुदूरपश्चिमका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
प्रतिनिधि सभामा वैशाख २२ गतेबाट नीति तथा कार्यक्रममाथि छलफल हुने
प्रतिनिधि सभामा वैशाख २२ गतेबाट नीति तथा कार्यक्रममाथि छलफल हुने
सर्लाहीमा दुई युवतीमाथि सामूहिक बलात्कार
सर्लाहीमा दुई युवतीमाथि सामूहिक बलात्कार