१४ श्रावण २०८२, मंगलवार

गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई जनाको श*व भेटियो

१२ साउन, काठमाडौं ।

गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आइतबार कुण्डमा नुहाउने क्रममा  बेपत्ता हुनेमा मोरङको बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र  विराटनगरका सुजन ढकालको शव भेटिएको हो।

नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय श्रोत र साधनको प्रयोग गरी दुवै जनाको शव कुण्डबाट निकालेको हो। सेनाले शव नेपाल प्रहरीलाई बुझाउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?