सीडीओ र एसपीविरुद्ध आन्दोलन गर्दै हेटौंडाका जनप्रतिनिधि

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ४, २०८२
|
|
४३ पटक हेरिएको
Shares
सीडीओ र एसपीविरुद्ध आन्दोलन गर्दै हेटौंडाका जनप्रतिनिधि

सारांश

  • हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिले मकवानपुर जिल्ला प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख उपरीक्षकविरुद्ध आन्दोलन गर्ने भएका छन् ।
  • हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना वितिसक्दा पनि आक्रमणकारीलाई अझै पक्रन नसकेपछि जनप्रतिनिधि आन्दोलित हुने भएका हुन् ।
  • उनीहरुले आइतबारबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरमा टेवल राखेर सेवा प्रबाह गरी आन्दोलनको सुरुवात गर्ने भएका हुन् ।

४ साउन, हेटौंडा ।

हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिले मकवानपुर जिल्ला प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख उपरीक्षकविरुद्ध आन्दोलन गर्ने भएका छन् ।हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना वितिसक्दा पनि आक्रमणकारीलाई अझै पक्रन नसकेपछि जनप्रतिनिधि आन्दोलित हुने भएका हुन् । उनीहरुले आइतबारबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरमा टेवल राखेर सेवा प्रबाह गरी आन्दोलनको सुरुवात गर्ने भएका हुन् ।

वडामा काम गरिरहेको अवस्थामा न्यौपानेमाथि असार ४ गते दिउँसो करिब पौने ४ बजेको समयमा आक्रमण भएको थियो । घटना घटेको एक महिनासम्म पनि प्रहरी–प्रशासनले कसैलाई पनि पक्राउ नगरेपछि जनप्रतिनिधि आन्दोलित हुने भएका हुन् । हेटौंडाका वडाअध्यक्षहरुले दुईदिन जिल्ला प्रशासन कार्यालय परिसरभित्र टेवल राखेर सेवा प्रदान गर्ने र त्यसपश्चात् थप आन्दोलनको घोषणा गर्ने भएका हुन् । ‘वडा अध्यक्षमाथि आक्रमण भएको एक महिना भैसक्दा पनि आक्रमणकारीलाई पक्राउ गर्न नसक्नु मकवानपुरको प्रहरी प्रशासनको लाचारीपन हो’, हेटौंडा १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाले भने, ‘जनप्रतिनिधि त सुरक्षित छैनन् भन्े यस्तो प्रहरी प्रशासनबाट जनताले के अपेक्षा राख्ने ?’

वडा अध्यक्षमाथि आक्रमणको घटना भएको एक महिना बितिसक्दा पनि प्रहरीले कसैलाई पक्राउ गर्न नसकेपछि जिल्लाको सुरक्षा अवस्था ज्यादै कमजोर भएको भन्दै विरोध समेत भैरहेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्व सम्हालिरहेकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र मकवानपुर प्रहरीको कमाण्ड सम्हालिरहेका प्रहरी उपरीक्षक विश्वराज खड्काको जिल्लामा चौतर्फीरुपमा आलोचना भैरहेको छ । मध्य बजार क्षेत्रमा दिउँसै व्यवसायी कुटिँदा र वडा अध्यक्षमाथि आक्रमणहुँदा पनि प्रहरी प्रशासनले प्रभावकारी कार्य गर्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको आलोचना गर्नेहरु बढ्दो छन् ।

वडा अध्यक्ष न्यौपानेमाथि आक्रमण हुनुअघि हेटौंडा १० राप्तीरोडमा रहेको दास ईम्पोरियम कपडा पसलका सञ्चालक विन्दल दासमाथि आक्रमण भएको थियो । यस विषयमा हेटौंडा उपमहानगरपालिकाका मेयर, उपमेयरसहित वडा अध्यक्षहरु र जिल्लाका राजनीतिक दलले वडा अध्यक्षमाथि आक्रमण गर्नेलाई कानूनी कारबाहीमा ल्याउनुपर्ने माग समेत गरेका थिए । प्रहरीले वडा अध्यक्ष न्यौपानेमाथि आक्रमण गर्नेको खोजी कार्य समेत गर्न छोडेको आरोप लागेको छ । प्रहरीले आक्रमणकारी पक्राउ नगर्दा अन्य जनप्रतिनिधिहरुले समेत खतरा महसुस गर्न थालेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
मधेशको मुख्यमन्त्री कार्यालयबाट स्वच्छता र सफ्टवेयर खरिदका फाइलहरू अख्तियारको नियन्त्रणमा
मधेशको मुख्यमन्त्री कार्यालयबाट स्वच्छता र सफ्टवेयर खरिदका फाइलहरू अख्तियारको नियन्त्रणमा
आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग
आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग
भारतको कश्मीरमा भएको हमलाविरुद्ध जनकपुरधाममा प्रदर्शन
भारतको कश्मीरमा भएको हमलाविरुद्ध जनकपुरधाममा प्रदर्शन
सुदूरपश्चिममा बजेट पेस गर्ने सरकारको तयारीमा विपक्षीको अवरोध
सुदूरपश्चिममा बजेट पेस गर्ने सरकारको तयारीमा विपक्षीको अवरोध
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
बालेनको प्रस्ताव : संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं
बालेनको प्रस्ताव : संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं
अध्ययनका लागि १ महिनामै विदेशियो १४ अर्ब ३१ करोड
अध्ययनका लागि १ महिनामै विदेशियो १४ अर्ब ३१ करोड
कश्मीरमा भएको आतंकारी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन
कश्मीरमा भएको आतंकारी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन
सहरी सौन्दर्य बढाउन ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर
सहरी सौन्दर्य बढाउन ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर