चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते
२७ असार, काठमाडौं ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सडकमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बा८५प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाप्र०२-०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
प्रहरीका अनसार दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकालको उपचारको क्रममा शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका स्कुटरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment