त्रिविका ८९ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिष्ट पारित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २६, २०८२
|
|
३७ पटक हेरिएको
Shares
त्रिविका ८९ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिष्ट पारित

सारांश

  •   त्रिभुवन विश्वविद्यालयको ६३ औँ वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीको ग्रेसलिष्ट पारित गरेको छ।
  • प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले रजिष्ट्रार प्रा.
  • डा.

२६ असार, काठमाडौं । 

त्रिभुवन विश्वविद्यालयको ६३ औँ वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीको ग्रेसलिष्ट पारित गरेको छ। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेसलिष्ट अनुमोदन गरेको हो। बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट र कार्यक्रम पनि प्रस्तुत गरिएको छ।

सो अवसरमा प्रधानमन्त्री ओलीले त्रिविलाई २१ औँ शताब्दीको आवश्यकता र प्रतिस्पर्धालाई सम्बोधन गर्न सक्ने सक्षम र आधुनिक विश्वविद्यालयका रूपमा विकास गर्नुपर्ने बताए। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति रघुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न विश्वविद्यालयको भूमिका निर्णायक हुने भन्दै शिक्षा क्षेत्रले त्यसैअनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले त्रिविमा विदेशी विद्यार्थीको सहभागिता कम्तीमा एक प्रतिशत पुर्याउने लक्ष्य राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने
फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने
इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु
इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
कर्णाली याक्सले सम्पन्न गर्यो एनपिएल ट्रफी यात्रा
कर्णाली याक्सले सम्पन्न गर्यो एनपिएल ट्रफी यात्रा
शीलतनिवासको खण्डहर भवन बाहिर तीन मन्त्रीले लिए शपथ
शीलतनिवासको खण्डहर भवन बाहिर तीन मन्त्रीले लिए शपथ
परराष्ट्रमन्त्री राणा हङकङबाट स्वदेश फिर्ता
परराष्ट्रमन्त्री राणा हङकङबाट स्वदेश फिर्ता
सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक
सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक
प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ
प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ
लिपुलेकको भूभाग फिर्ताको पहल गर्नुपर्छ : समाजवादी मोर्चाले
लिपुलेकको भूभाग फिर्ताको पहल गर्नुपर्छ : समाजवादी मोर्चाले
गृहमन्त्रीको राजीनामा नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान
गृहमन्त्रीको राजीनामा नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान