९ श्रावण २०८२, बिहीबार

पावरप्लेमा नेपालको ४ विकेट पतन

२१ असार, काठमाडौं ।

एसीसी यू १६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले पावर प्लेमा ४ विकेटको क्षतिमा ५८ रन बनाएको छ। सिङ्गापुरले दिएको ११४ रनको उपाधि लक्ष्य पछाएको नेपालले सुरुवाति ४  विकेट गुमाएको हो। पहिलो विकेटको रुपमा ओपनर परिमार्जन यादवलाई १३ रनमा गुमाएको नेपालले दोस्रो विकेट श्रीवान्स बजगाईको गुमायो।

श्रीवान्सले १३ बलमा दुई चौका र एक छक्कासहित २० रन बनाए। तेस्रो विकेट रौनक श्रीवास्तवको गयो। उनी कपिसको बलमा एलबीडब्लु भए। चौथो विकेटको रूपमा पावर प्लेको अन्तिम बलमा प्रसिद्ध जैसिस स्लिपमा क्याच आउट भए। उनले २८ बलमा दुई चौकासहित १७ रन बनाए। सिंगापुरका लागि कपिस बेनकात्रामले ४ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?