१५ असार २०८२, आईतवार

पर्सामा सवारी दुर्घटना, एक जनाको मृ*त्यु, अर्का घाइते

८ असार, पर्सा ।  

पर्सामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  बहुदरमाई नगरपालिका–५ पटनीमा गएराति बीआर ०१ पिए ४४९९ नम्बरको भारतीय टाटासुमो र नम्बर खुल्न नसकेको मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको र अर्का प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक भारतीय  नागरिक ३८ वर्षीय,

नरेश साह बर्णवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। दुर्घटनापछि दुवै सवारी साधनमा आगो लागेको छ। मोटरसाइकलमा पछाडि सवार बहुदरमाई नगरपालिका–५ का १९ वर्षीय रोशन बर्णवाल घाइते भएका छन्। उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?