विद्युत् प्राधिकरण कठिन परिस्थितिमा छ : हितेन्द्रदेव शाक्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
२२ पटक हेरिएको
Shares
विद्युत् प्राधिकरण कठिन परिस्थितिमा छ : हितेन्द्रदेव शाक्य

सारांश

  •    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण कठिन परिस्थितिमा रहेको बताएका छन्।
  • शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरण अहिले बीच बाटोमा रहेको बताए।
  • उनले प्राधिकरणलाई अहिले अगाडि बढ्नुपर्ने बाध्यात्मक आवश्यकता रहेको बताए।

३० जेठ, काठमाडौं ।  

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण कठिन परिस्थितिमा रहेको बताएका छन्।शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरण अहिले बीच बाटोमा रहेको बताए। उनले प्राधिकरणलाई अहिले अगाडि बढ्नुपर्ने बाध्यात्मक आवश्यकता रहेको बताए।

अहिले ३ हजार ५ सय मेगावाट उत्पादनलाई समेत व्यवस्थित गर्न नसकिएको अवस्थामा सरकारले लिएको २८ हजार ५ सय मेगावाटको लक्ष्य पूरा गर्न धेरै चुनौति रहेको उनले बताए। अहिले विभिन्न कारण र कमजोर प्रशारण लाइनको कारण बेलाबेलामा ट्रिप भइरहेको उनले बताए। ‘आज नेपाल विद्युत् प्राधिकरण कठिन परिस्थितिमा छ। कठिन परिस्थिति यस अर्थमा होइन कि नेपाल विद्युत प्राधिकरण घाटामा छ। त्यो होइन। प्राधिकरण एउटा यस्तो बाटोको बीचमा उभिएको छ, जहाँ अगाडि बढ्न हामीलाई बाध्यात्मक अवस्था छ,’ उनले भने।

‘पछाडि २८ हजार ५ सय मेगावाट सरकारले तोकेको उन्नति प्रगतिको लक्ष्य छ। ३ हजार ५ सय मेगावाटको प्रशारण प्रणाली र वितरण प्रणालीलाई धान्न सकिरहेका छैनौं। हाम्रो प्रशारण प्रणाली कमजोर छ। ट्रिप भइरहेको छ। किन ट्रिप भइरहेको छ ? आज एउटा रुख ढल्यो, ट्रान्समिसन लाइन ट्रिप भयो। सिस्टम ट्रिप भइरहेको छ। हाम्रो आर्थिक अवस्था र हामीले त्यसमा पर्याप्त लगानी गर्न सकेनौं। विगतमा जति गर्यौं, त्यसले पुगेन,’ उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?