बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको हैकमबादी सम्बन्धी समाचार प्रकाशन हुदाँ निराधार आरोप लगाउँदै
अमरेश कुमार पाण्डेय
१८ जेठ, कलैया ।
कलैया यातायात ब्यबस्था कार्यालय कलैयाबाट सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा लागि बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टर कलैयासँग सम्झौता गरेको छ। सम्झौता अनुसार सेवाग्राहीेले आफ्नो निजि सवारीसाधन प्रयोग गरे मात्र ट्रायल सेन्टर दस्तुर तिर्नुपर्ने उल्लेख छ। साथै सेवाग्राहीसँग आफ्नो सवारी साधन नभए सवारी साधन सहितको ट्रायल सेन्टर दस्तुर लिनुपर्ने समेत गरी दुई किसिमको दस्तुर लिने उल्लेख गरेको छ। तर बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरले सवारी साधन भए नभए पनि एउटै किसिमको दस्तुर लिने गरेको प्रमाण नै भेटिएको अवस्था छ।
बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरले सेवाग्राहीलाई प्रदान गर्ने रसिदमा कुनै किसिमले सवारी साधनको नम्बर, सेवाग्राहीहरुको नाम , स्पष्ट सेवा , राजश्व बिवरण, अधिकारीक छाप समेत नरहेको उक्त रसिदबाट नै प्रमाणित भएको छ। साथै बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरले सँचालन गरेको ट्रायल सेन्टरमा नै सवारी ट्रायल दिँदा दुर्घटना भएको खण्डमा परीक्षार्थी स्वयम् जिम्मेवारी हुने र ट्रायल सेन्टर भित्र फोटो र भिडियो बनाउन मनाही छ भनी ब्यानर नै राखेको छ । जसले गर्दा बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको अपारदर्शी र हैकमबादी गर्ने गरेको पुष्टि हुने गरेको छ। यस बिषयमा यस पत्रिकासँगै बिभिन्न सँचारमाध्यमले समाचार प्रकाशन भएको सर्वविदितै छ। राष्ट्रिय दैनिक डट कमले ” बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टर कलैया हैकमबादी तरीकाले सँचालन हुदै ” भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको छ। उक्त शिर्षकको समाचार लिंक यस पत्रिकाको प्रकाशक अनिल पाण्डेयले समाजिक सँञ्चालमा सेयर गर्दा बिभिन्न ब्यक्तहरुले निराधार आरोप लगाएका छन्।
शेयर गरीएको समाचार लिंकमा सर्वप्रथम लखिन्द्र दास भन्ने ब्यक्तिले बिल चार सयको बार्गेनिङ ४० हजारको पाएन भने बदनाम गर्न खोजेको हो पत्रकारती माथि तिम्रो जस्तो पत्रकारले पुरा पत्रकारीता क्षेत्रलाई बदनाम गरेको छ। भनि कमेन्ट गरेको छ। उक्त कमेन्टको जवाफमा पाण्डेले जसरी समाचारमा प्रमाण छ । त्यसरी नै प्रमाण सहित कमेन्ट गरीदिनु आग्रह गर्दै पत्रकारिता पेसामाथि औला नउठाईदिन आग्रह गरेका छन्। त्यसको जवाफमा प्रमाण छिटै आउने भन्दै लखिन्द्र दास भन्ने ब्यक्तिले अर्को कमेन्ट गर्दै महासँघमा छुटै प्रमाण सहित आउने लेखेका छन्। त्यस्तै ए के पटेलले छुट्टाछुट्टै कमेन्ट गरी अहिलेको पेसा नै भईसकेको छ। पैसा नपाए न्युज लेख्ने र बार्गेनिङ समेत भईसकेको लेखेका छन। त्यस्तै अजय वाईडीभि नामक फेसबुक आईडीले ए ट्रायल सेन्टरमा गएर पैसाको बार्गेनिङ पनि गर्ने कुरा नमिलेपछि वाहियात समाचार लेख्ने र नियम ऐन कानुन सबैको लागि एक समान हो बरिष्ट पत्रकार आफूलाई ठान्ने ट्रायल बापतको शुल्क तिर्न न सक्ने र त्यो जबो ट्रायल को रसीद मिनाहा नगरे संस्था लाई बदनाम गर्ने उद्देश्यले समाचार लेख्ने र लेख्न लगाउने भनि कमेन्ट गरेका छन्।
त्यस्तै अन्य थुप्रै कमेन्टहरु सहित नेकपा एमाले बाराको जिल्ला सदस्य मोहन लामिछाने र नेकपा एमाले पार्टीबाट नै कलैया उपमहानगरपालिका वडा नं १ को वडा सदस्यमा शशी दास एकलौटी कुरा सुनी ” सबै समाचार पढे अनि काटिएको बिल पनि हेरे , केको लागि यो समाचार बन्यो मैले बुझ्न सकिन। यो समाचार बनाउनुको उदेश्य केही लुकेको जस्तो लाग्यो किनभने समाचारमा त मैले केही दम नै देखिन। सर्वत्र ट्रायल सेन्टरको शुल्क भन्दा बढी लिएको भए ट्रायल सेन्टर दोषी हुने थियो तर शुल्क त बिरगंजमा रु.५००/- र गौरमा रु.५००/- भन्दा कलैयाले रु.४००/- गर्दा रु.१००/- कम शुल्क लिएको छ भन्ने मेरो बुझाई हो अनि बारा बासी लाई रु.१००/- को सहुलियत दिने ट्रायल सेन्टरलाई किन यति खेदो गरिएको हो यो गम्भीर बिषय हो। यस्को पछाडीको उदेश्य खोजिने छ भनि लेखेका छन्।
यस बिषयमा लामिछाने र दाससँग कुरा गर्दा मलाई नै गलत जानकारी भएको स्विकार गर्दै यातायात कार्यालय पथलैया जाँदा आफुहरु नै लडेर कलैयामा स्थापना गराएको यस्तो समाचारले दु:ख लागेको बताएका छन्। साथै समाचारमा कुनै किसिमले समस्या , समाचार सम्बन्धी वा पत्रकार सम्बन्धी गुनासो भए कानुनि बाटो हुदाँ हुदैँ वा सम्बन्धित निकायमा प्रमाण सहित उजुरी दिनुको साटो यसरी समाजिक सञ्जालमा निराधार आरोप लगाउने माथि कानुनी उपचार खोज्ने पत्रकार महासंघ बारा शाखाको अध्यक्ष रमेश सुवेदीले बताएका छन्।
Post Comment