२६ जेष्ठ २०८२, आईतवार

मन्त्री भण्डारीले गरे बाढीग्रस्त सडक क्षेत्रको निरीक्षण

१७ जेठ, विराटनगर । 

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले धनकुटाको बाढीग्रस्त सडक क्षेत्रको निरीक्षण गरेका छन् ।  कोशी प्रदेश सरकारको तर्फबाट आज स्थलगत निरीक्षण  गरी मन्त्री भण्डारीले सडक खुलाउने समन्वय गरेका हुन् । उनले स्थानीय प्रशासन र सरोकारवालासँग समन्वय गरेको बताए। उनका अनुसार आज साँझबाट नै एकतर्फी रुपमा धनकुटा धरानको सडक सञ्चालन हुनेछ।

आज बिहान बाढीले मूलघाट नजिकै करिब ३० मिटर सडक बगाएपछि यातायात  अवरुद्ध भएको छ। कोशी प्रदेश सरकारले वर्षा र बाढीको समय सुरु भइसकेकोले सबैलाई सजग रहन आग्रह समेत गरेको मन्त्री भण्डारीले बताए।  उनले विपद व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक तयारी समेत गरेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment