राप्रपाका तीन सांसदको पीएसओ फिर्ता
सारांश
- सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदहरूको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) एकै पटक फिर्ता बोलाएको छ ।
- राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओलाई सरकारले एकै पटक फिर्ता बोलाएको हो ।
- राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पीएसओ खोसिएको बताए ।

१४ जेठ, काठमाडौं।
सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदहरूको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) एकै पटक फिर्ता बोलाएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओलाई सरकारले एकै पटक फिर्ता बोलाएको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पीएसओ खोसिएको बताए । उनले भने, ‘सरकारले पीएसओ खोसेको छ । संसदमा सबै सांसदहरू बराबर हुनुपर्थ्यो। तर भएन।’ शाही राप्रपाका प्रमुख सचेतक, सिंह पूर्वाधार विकास समिति र प्रधान पूर्वआइजीपी रहेकोले उनीहरूलाई सरकारले पीएसओ उपलब्ध गराउँदै आएको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...
प्रतिक्रिया