सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
३३ पटक हेरिएको
Shares
सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृ*त्यु

सारांश

  • म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
  • जलविद्युत आयोजनाको पाइपलाइनका लागि निर्माणाधिन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्साभेटर चालक ३२ वर्षका खेमराज कुमाललको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका एक्साभेटर चालक कुमालको शव एक्साभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको र शव परीक्षणको लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले जानकारी दिनुभयो ।

१३ जेठ, बेनी ।

म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जलविद्युत आयोजनाको पाइपलाइनका लागि निर्माणाधिन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्साभेटर चालक ३२ वर्षका खेमराज कुमाललको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका एक्साभेटर चालक कुमालको शव एक्साभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको र शव परीक्षणको लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले जानकारी दिनुभयो । घटनापछि प्रहरी र स्थानीयवासीले एक्साभेटर चालकको शव पहिरोबाट बाहिर निकालेका थिए । मोटरबाटो खन्दै गरेको समयमा अचानक माथिबाट खसेको पहिरोले एक्साभेटर समेत पूर्ण रूपमा क्षति भएको छ । दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६ दशमलव ५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले ‘पेनस्टक पाइप’ राख्नका लागि अहिले लाम्पुस भीरमा सडक निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरौटी खारेजीको माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने
धरौटी खारेजीको माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने
प्रिसा मृत्युबारे ओडिसा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ : भारतीय विदेशमन्त्रालय
प्रिसा मृत्युबारे ओडिसा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ : भारतीय विदेशमन्त्रालय
एसइई परीक्षा : मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो
एसइई परीक्षा : मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो
प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाको नाम सिफारिस
प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाको नाम सिफारिस
बुद्ध जयन्तीको विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज लुम्बिनी जाँदै
बुद्ध जयन्तीको विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज लुम्बिनी जाँदै
पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु
पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु
वैदेशिक रोजगार कार्यालयका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
वैदेशिक रोजगार कार्यालयका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
सुर्खेतमा महिलाको बलात्कार आरोपमा युवक पक्राउ
सुर्खेतमा महिलाको बलात्कार आरोपमा युवक पक्राउ
नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
राष्ट्रको शान्तिका लागि मतभेदहरूसमाधान गरेर अघि बढ्नु राम्रो हो ः विद्यादेवी भण्डारी
राष्ट्रको शान्तिका लागि मतभेदहरूसमाधान गरेर अघि बढ्नु राम्रो हो ः विद्यादेवी भण्डारी