बर्दियामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु, अर्का एक घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ११, २०८२
|
|
४३ पटक हेरिएको
Shares
बर्दियामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु, अर्का एक घाइते

सारांश

  • बर्दियाको मधुवन नगरपालिका- ८ स्थित हुलाकी सडकअन्तर्गत लालसिंह चोकमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा दुवै मोटरसाइकल चालक हुन्।
  •  गुलरिया नगरपालिका – २ निवासी अन्दाजी २८ वर्षीय देवानन्द यादवले चलाएको भे १३ प २६६९ र  मधुवन नगरपालिका- ८ लालीबजार निवासी अन्दाजी ३० वर्षीय टंकबहादुर विसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुवैजना चालकको मृत्यु भएको हो।

 

११ जेठ, गुलरिया ।

बर्दियाको मधुवन नगरपालिका- ८ स्थित हुलाकी सडकअन्तर्गत लालसिंह चोकमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै मोटरसाइकल चालक हुन्।  गुलरिया नगरपालिका – २ निवासी अन्दाजी २८ वर्षीय देवानन्द यादवले चलाएको भे १३ प २६६९ र  मधुवन नगरपालिका- ८ लालीबजार निवासी अन्दाजी ३० वर्षीय टंकबहादुर विसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुवैजना चालकको मृत्यु भएको हो।

देवानन्दको मोटरसाइकलमा सवार गुलरिया नगरपालिका वडा नम्बर- २ निवासी अन्दाजी ३२ वर्षीय घाइते अनुपम यादवको बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डमरपालले बताए । घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । घटना शनिबार राति साढे ११ बजेतिर भएको हो।

घाइतेहरूलाई उपचारको लागि तत्काल बर्दिया अस्पताल गुलरिया पठाइएकोमा दुईजनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । दुवै मोटरसाइकल सानोश्रीबाट गुलरियातर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५० विद्यार्थी बोकेको स्कूल बस फर्पिङमा दुर्घटना
५० विद्यार्थी बोकेको स्कूल बस फर्पिङमा दुर्घटना
कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव
कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त
दशैंयता काठमाडौंमा १७५ दुर्घटना, ९ जनाको मृ*त्यु
दशैंयता काठमाडौंमा १७५ दुर्घटना, ९ जनाको मृ*त्यु
जसपाका मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ
जसपाका मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ
मलखाद कालाबजारीको सुराकी दिनू, छापा मारेर कारबाही गर्छौँ, सीके राउत
मलखाद कालाबजारीको सुराकी दिनू, छापा मारेर कारबाही गर्छौँ, सीके राउत
सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्ने
सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्ने
राष्ट्रियसभा बैठक असोज १८ गते बस्ने
राष्ट्रियसभा बैठक असोज १८ गते बस्ने
१८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण सुरु
१८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण सुरु
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण