बर्दियामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु, अर्का एक घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ११, २०८२
|
|
२३ पटक हेरिएको
Shares
बर्दियामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु, अर्का एक घाइते

सारांश

  • बर्दियाको मधुवन नगरपालिका- ८ स्थित हुलाकी सडकअन्तर्गत लालसिंह चोकमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा दुवै मोटरसाइकल चालक हुन्।
  •  गुलरिया नगरपालिका – २ निवासी अन्दाजी २८ वर्षीय देवानन्द यादवले चलाएको भे १३ प २६६९ र  मधुवन नगरपालिका- ८ लालीबजार निवासी अन्दाजी ३० वर्षीय टंकबहादुर विसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुवैजना चालकको मृत्यु भएको हो।

११ जेठ, गुलरिया ।

बर्दियाको मधुवन नगरपालिका- ८ स्थित हुलाकी सडकअन्तर्गत लालसिंह चोकमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै मोटरसाइकल चालक हुन्।  गुलरिया नगरपालिका – २ निवासी अन्दाजी २८ वर्षीय देवानन्द यादवले चलाएको भे १३ प २६६९ र  मधुवन नगरपालिका- ८ लालीबजार निवासी अन्दाजी ३० वर्षीय टंकबहादुर विसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुवैजना चालकको मृत्यु भएको हो।

देवानन्दको मोटरसाइकलमा सवार गुलरिया नगरपालिका वडा नम्बर- २ निवासी अन्दाजी ३२ वर्षीय घाइते अनुपम यादवको बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डमरपालले बताए । घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । घटना शनिबार राति साढे ११ बजेतिर भएको हो।

घाइतेहरूलाई उपचारको लागि तत्काल बर्दिया अस्पताल गुलरिया पठाइएकोमा दुईजनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । दुवै मोटरसाइकल सानोश्रीबाट गुलरियातर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालिकोटमा विरासत जोगाउने दाउमा कम्युनिष्ट पार्टी, ‘लालकिल्ला’ भत्काउने कसरतमा काँग्रेस
कालिकोटमा विरासत जोगाउने दाउमा कम्युनिष्ट पार्टी, ‘लालकिल्ला’ भत्काउने कसरतमा काँग्रेस
बुटबलमा झन्डै डेढ करोड राजस्व छल्ने दुई व्यवसायीविरुद्ध मुद्दा
बुटबलमा झन्डै डेढ करोड राजस्व छल्ने दुई व्यवसायीविरुद्ध मुद्दा
नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा एउटा तरंग पैदा गर्नेछ: माधव नेपाल
नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा एउटा तरंग पैदा गर्नेछ: माधव नेपाल
पाल्पा जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो
पाल्पा जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो
सुनका गहनासहित काठमाडौंबाट एक जना पक्राउ
सुनका गहनासहित काठमाडौंबाट एक जना पक्राउ
एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै
एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै
पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय
पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय
एमाले सर्लाहीको नवौं अधिवेशनको नारा र लोगो सार्वजनिक
एमाले सर्लाहीको नवौं अधिवेशनको नारा र लोगो सार्वजनिक
ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक,सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द
ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक,सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द
प्रधानमन्त्री ओली भन्छन्- अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ
प्रधानमन्त्री ओली भन्छन्- अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ