उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य

सारांश

  • जिल्लाको पहाडी क्षेत्रमा अवस्थित पुरानो सदरमुकाम उपरदाङगढी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।
  • गर्मी छल्न र सूर्याेदय हेर्न दैनिक त्यहाँ पर्यटक जाने गरेका छन् ।
  • इच्छाकामना गाउँपालिका–७ उपरदाङगढीमा ३५ परिवार छन् ।

 ९ जेठ, चितवन ।

जिल्लाको पहाडी क्षेत्रमा अवस्थित पुरानो सदरमुकाम उपरदाङगढी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । गर्मी छल्न र सूर्याेदय हेर्न दैनिक त्यहाँ पर्यटक जाने गरेका छन् । इच्छाकामना गाउँपालिका–७ उपरदाङगढीमा ३५ परिवार छन् । ती मध्ये १० घरमा घरबास (होमस्टे) सञ्चालन गरिएको छ । विसं२०७५ देखि घरबास सुरु गरिएको हो ।

सिराइचुली होमस्टेका सञ्चालक गणेशबहादुर थापाका अनुसार घरबास नै आफूहरुको आम्दानीको प्रमुख स्रात हो । सुरुमा यहाँ आएका पाहुनालाई बास बस्न पनि समस्या भएपछि यहाँका स्थानीयले आफ्नै घरमा राख्ने गरेको भए पनि पछि घरबासको अवधारणा अघि सारिएको थापाले बताउनुभयो । हाल दैनिक ६० देखि ७० जनाले यस क्षेत्रको अवलोकन गर्ने गरेका छन् । गाउँमा एक सय ५० जना पाहुनासम्म राख्न मिल्ने व्यवस्था गरिएको अर्का घरबास सञ्चालक बिलबहादुर थापामगर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँ पर्यटक आउने समय फागुन–चैतदेखि असोजसम्म हो । ” जिल्लाको पुरानो सदरमुकाम गढी भएकाले यसलाई संरक्षण गर्न सकेमा यहाँको विकासमा अझै टेवा पुग्ने उहाँले बताउनुभयो । चेपाङ, गुरुङ र मगर जातिको बाहुल्यता रहेको यस क्षेत्रमा स्थानीय उत्पादनले पाहुनाको स्वागत गरिन्छ ।

घरबासको कमाइले छोराछोरी पढाउने र घरखर्च चलाउन पुगेको अर्का घरबास सञ्चालक मङ्गलबहादुर थापामगर बताउनुहुन्छ । आफ्नो आयआर्जनको अर्को माध्यम नभएपछि घरबास र खेतीपातीमा रमाएको उहाँ बताउनुहुन्छ । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले उपरदाङ्गढीमा सञ्चालनमा रहेका घरबासलाई प्रवर्द्धनका काम गर्दै आएको बताउनुभयो । घरबास सञ्चालकलाई विभिन्न तालिम दिएको बताउँदै स्थानीय उत्पादन र प्राङ्गारिक खानालाई प्रोत्साहन गरिएको जानकारी दिनुभयो । गढीमा इच्छाकामना गाउँपालिकाले ऐतिहासिक किल्ला, कोतघर, धारालगायत संरचना निर्माण गरिरहेको छ । कोतघर रु एक करोड ३५ लाख खर्च गरेर बनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पैगम्बर मुहम्मदको जन्म जयन्तीको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न
पैगम्बर मुहम्मदको जन्म जयन्तीको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न
सर्लाही सदरमुकाम मलंगवामा ४ दिनकालागि निषेधाज्ञा आदेश जारी।
सर्लाही सदरमुकाम मलंगवामा ४ दिनकालागि निषेधाज्ञा आदेश जारी।
रामेछापमा बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु, १२ घाइते
रामेछापमा बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु, १२ घाइते
चार वटा संसदीय समितिको बैठक बस्दै
चार वटा संसदीय समितिको बैठक बस्दै
आजको मौसम: केही प्रदेशमा भारी वर्षाको सम्भावना। 
आजको मौसम: केही प्रदेशमा भारी वर्षाको सम्भावना। 
हरिवनमा मानव सेवा आश्रम भवन निर्माणार्थ श्रीमद्भागवत महायज्ञ हुने
हरिवनमा मानव सेवा आश्रम भवन निर्माणार्थ श्रीमद्भागवत महायज्ञ हुने
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
१ किलो सुनसहित विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ
१ किलो सुनसहित विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ
दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस
दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस
मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक: मन्त्री गुरुङ
मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक: मन्त्री गुरुङ