२६ जेष्ठ २०८२, आईतवार

सरकारको नीति तथा कार्यक्रमले निराशा बाँड्यो : सांसद ज्वाला

 

२५ वैशाख, काठमाडौं । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रमले निराशा बाँडेको बताएका छन्। बिहीवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले जनतामा आशा र उत्साह दिनुको सट्टा निराशामात्रै बाँडेको बताए।

सांसद ज्वालाले नीति तथा कार्यक्रममा संविधान संशोधनबारे एकलाइनमात्र बोलिएकाले यो परम्परा धान्ने खालको मात्रै भएको आरोप लगाए। उनले सरकार साँच्चै संविधान संशोधनका लागि तयार हो भने संविधान कार्यान्वयनमा देखा परेका समस्याको पहिचान गरेर त्यसको समाधान खोज्नतर्फ लाग्न आग्रह गरे। उनले राष्ट्रिय सहमतिका साथ जनमुखी र अग्रगामी एजेण्डा सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्ने र राजनीतिक स्थिरता दिने शासकीय प्रणाली ल्याउनुपर्नेमा जोड दिए।

ज्वालाले भने, ‘प्रस्तुत नीति तथा कार्यक्रमले जनतामा आशा र उत्साह दिनुको सट्टा निराशा बाँडेको छ। संविधान लागू भएको एक दशक पुग्न लागेको अवस्थामा संविधानको पुनरवलोकन गर्ने वेला भएको छ। संघीयता बोझिलो भयो भन्ने गुनासो आइरहेकाले संविधानलाई समय सान्दर्भिक, अग्रगामी र जनमुखी बनाउने गरी संशोधन गर्ने प्रक्रिया अघि बढाउने कुरामा विशेष जोड दिन चाहन्छु।’उनले महिला, दलित लगायत पछाडि पारिएका वर्ग र समुदायको अधिकार अझै सुनिश्चित हुने गरी संविधानलाई समय सान्दर्भिक बनाउनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?