९ श्रावण २०८२, बिहीबार

राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ

 

२५ वैशाख, काठमाडौं । 

.राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा अघि बढिरहेको आन्दोलन अन्त्य नगरी राजावादी समूहको एकता कायम रहने दाबी गरेका छन् । राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिले जेठ १५ गतेदेखि जनआन्दोलनको घोषणा गरेलगत्तै लिङ्देनले सो दाबी गरेका हुन् ।

उनले भने, ‘यो आन्दोलन सिंगो देशको हो, कुनै पार्टी वा समूहको होइन । यो आन्दोलन निष्कर्षमा नपुगि हामी छुट्ने छैनौँ ।’लिङ्देनले गणतन्त्रवादीहरूलाई समेत आन्दोलनमा सहभागी हुन अपिल गर्दै अहिलेको गणतन्त्र र ०६२/०६३ को परिवर्तनको पक्षमा रहेका दललाई पनि ध्रुवीकरणमा सामेल हुन आग्रह गरे । उनले आन्दोलन भविष्य निर्माणका लागि सशक्त कदम हुने दाबीसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?