११ औं पटक सर्यो संसद् बैठक, कारण एउटै- विशेष !
२५ जेठ, काठमाडौं ।
प्रतिनिधि सभाको बैठक आइतबार दुई पटक सरिसक्यो । दिउँसो १ बजेका लागि राखिएको बैठक सवा ३ बजेलाई सर्यो । त्यो पनि बस्न सकेन र साँझ साढे ५ बजेका लागि सर्यो । आइतबार मात्रै होइन, यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक सरेको सर्यै छ । १३ गते दुई पटक सर्यो, बैठक बस्न सकेन । १४ गते दुई पटक सर्यो । १५ गते बजेट ल्याउन विपक्षी दलहरूले दिए । त्यसपछि बसेको २० गते निर्धारित समयमा बैठक बस्न सकेन र एक पटक सरेर २१ गतेलाई राखियो । २१ गते एक पटक, २२ गते दुई पटक, २३ गते एक पटक र आइतबार दुई पटक गरेर ११ औं पटकसम्म प्रतिनिधि सभाको बैठक सरेको सर्यौ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment