९ वर्षमा नेपाललाई १२ अर्ब ४ करोड चिनियाँ अनुदान
२९ पुस, काठमाडौं । २०७२ यता चीनले नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने घोषणा गरेको छ । यससम्बन्धी जानकारी परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा दिएकी हुन् ।
उनका बैठकमा भनिन्, ‘चीन सरकारका तर्फबाट वि.सं. २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन (करिब ने. रू. २ अर्ब ७० करोड) का अतिरिक्त राष्ट्रपति सी चिनफिङद्वारा थप अनुदान आरएमबी ५०० मिलियन (करिब ने.रू. ९ अर्ब ३४ करोड) घोषणा भएको छ’ समितिको बैठकमा प्रस्तुत विवरणमा उल्लेख छ । प्रधानमन्त्री ओलीले गत मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमण गरेका थिए । सो क्रममा चिनियाँ राष्ट्रपति सीले करिब ९ अर्ब ३४ करोड रुपैयाँ थप अनुदान दिने घोषणा गरेको परराष्ट्रमन्त्री राणाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment