२६ जेष्ठ २०८२, आईतवार

जसपा नेतृ सिंहले हल्दी कार्यक्रममा पड्काएकी थिइन् पेस्तोल

 

१८ वैशाख, सर्लाही  ।

जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले सर्लाहीमा हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको खुलेको छ । पेस्तोल पड्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई बोलाएर सोधपुछ गरेको छ । उनकै बयानका आधारमा सर्लाहीको मलंगवा नगरपालिका–२ का अञ्जनी कुमारको घरबाट प्रहरीले पेस्तोल रामद गरेको छ । बबी सिंहसँग सोधपुछ सप्तरी प्रहरीले घटनाबारे सर्लाही प्रहरीलाई जानकारी गराएको थियो । त्यसपछि अञ्जनी कुमारको घर खानतलासी गर्दा उक्त पेस्तोल भेटिएको डीएसपी सरोज राईले बताए ।

नेतृ सिंहले उक्त पेस्तोल मलंगवा नगरपालिका–५ को भाँड्चौर भन्ने ठाउँमा पड्काएको खुलेको हो । सर्लाहीका डीएसपी राईका अनुसार ११ वैशाखमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी-मेहेन्दी कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएको खुलेको हो । उनको १२ वैशाखमा भारतको सीतामढीका युवकसँग विवाह हुने तयारी थियो । सोही कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएको खुलेको हो । यसअघि भिडिओ भाइरल भएपछि नेतृ सिंहले समेत घटना भारतको सीतामढिको दाबी गर्दै फेसबुकमा स्टाटस लेखेकी थिइन् । उक्त पेस्ताल खेलानौ भएको उनको दाबी थियो । तर घटना सीतामढीको नभई सर्लाहीको भएको खुलेको छ । बरामद पेस्तोल भने बारुद मात्रै पड्किने किसिमको रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । नेृत सिंहले नाचेको भिडिओ बुधबार सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडिओमा सिंहसँगै अन्य मानिस पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउन्ड ‘हवाई फायर’ गर्दा धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ । सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment