२६ जेष्ठ २०८२, आईतवार

मकवानपुरमा महिला गोल्डकप बैशाख १९ देखि

 

१८ वैशाख, हेटौंडा ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना हुने सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता बैशाख १९ गतेदेखि आयोजना हुने भएको छ । हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश खेलकुद विकास परिषद्, भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगितामा तीन विभागीयसहित ८ टोलीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

विजेताले ५ लाख र उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछन् भने उत्कृष्ट हुने खेलाडीलाई बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँका तर्फबाट स्कुटर पुरस्कार प्रदान गरिनेछ । यस्तै, प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान छ । जसमा, हेटौंडा उप महानगरपालिकाले २५ लाख, बागमती प्रदेश खेलकुद विकास परिषद्ले १५ लाख, भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाले तीन–तीन लाख आर्थिक सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?