देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ५, २०८२
|
|
३३ पटक हेरिएको
Shares
देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली

सारांश

  •   प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा मतभेद नराख्न आग्रह गर्नुभएको छ ।
  • भरतपुर पुलचोक–गोन्द्राङ– ६ लेन सडकको आज यहाँ उद्घाटन गर्दै उहाँले सबैलाई विकासमा केन्द्रित हुन आग्रह गर्नुभएको हो ।
  • प्रधानमन्त्री ओलीले भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्नेे यहाँको सडक एसियाली मापदण्डअनुसार नमुना बनाइएको र पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताउनुभयो ।

५ वैशाख, चितवन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा मतभेद नराख्न आग्रह गर्नुभएको छ । भरतपुर पुलचोक–गोन्द्राङ– ६ लेन सडकको आज यहाँ उद्घाटन गर्दै उहाँले सबैलाई विकासमा केन्द्रित हुन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्नेे यहाँको सडक एसियाली मापदण्डअनुसार नमुना बनाइएको र पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताउनुभयो । सरकारको आफ्नै लगानीमा यो सडक बनाइएको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले विकासमा राजनीति गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले चुनाव लाग्या पनि छैन र अहिले चुनाव प्रचार गर्नु प¥या पनि छैन । त्यतापट्टी गइहाल्नुपर्ने आवश्यकता पनि छैन”, उहाँले थप्नुभयो, “म आग्रह गर्न चाहान्छु सबैलाई सधँै राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन । विकासमा ध्यान दिउँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन एकतामा जोड दिउँ ।” विचारमा विविधता हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले देशको विकास गर्ने कुरामा मतभेद नराख्न आग्रह गर्नुभयो ।

“देशको विकास गर्नैुपर्छ । हामी सबै मिलेर विकास गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन । आफ्नो बलमा राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “डेमेक्रेसीलाई बलियो पार्ने, विकास गर्ने र सुशासनलाई बलियो बनाउने कुरामा एकजुट भएर अघि बढ्न फेरि पनि आग्रह गर्छु ।” देश विकासका लागि स्थिरता चाहिने भन्दै उहाँले दुई ठूला दल मिलेर सुशासन र विकासमा लागेको बताउनुभयो । देश अनेक उतारचढावबाट चल्दै आए पनि २०४७ सालपछि भौतिक पूर्वाधारका क्षेत्रमा फड्को मारेको बताउनुभयो । उहाँले भन्नुभयो, “विकासले गति लिएको छैन भन्ने कुरा होइन । विकासमा काफी प्रगति भएको छ, थप प्रगति गर्न आवश्यक छ ।” भौतिक निर्माणका क्रममा एकैपटक सबै काम गर्नुपर्नेमा जोड दिँदै उहाँले बनाउने र भत्काउने काम गर्न नहुने बताउनुभयो ।

`प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै ऐतिहासिक महत्व बोकेको जिल्ला भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “राम जन्मेदेखिको लामो इतिहास छ । यो वास्तवमा एउटा सभ्यताको सुरुआत भएको भूभाग हो ।” नारायणगढको पुलचोकदेखि भरतपुरको गोन्द्राङसम्मको यो सडक निर्माणका लागि २०७७ साल असोज २६ गते इण्डो सगुन जेभीसँग सम्झौता गरिएको थियो । सडकको सोही वर्ष माघ १७ गते तत्कालीन प्रधानमन्त्री ओलीले नै शिलान्यास गर्नुभएको थियो । सडक रु एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इ कृष्ण आचार्यले जानकारी दिनुभयो । छ दशमलव ०८ किलोमिटर सडक ५० मिटर चौडा रहेको छ भने सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्टलाइट जडान र बिजुली भूमिगत गरिएको छ । चौबिसकोठीदेखि भरतपुर ओरालोसम्मको सडकको पानी पँुगी खोलामा र चौबिसकोठीदेखि बसपार्कसम्मको पानी केरुङ्गा घोलमा जानेगरी ड्रेन तयार गरिएको आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी’ आन्दोलनकोे कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य: डा. कोइराला
जेनजी’ आन्दोलनकोे कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य: डा. कोइराला
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सर्पले डसेर डिभिजन वन कार्यालयका कर्मचारीको मृ*त्यु
सर्पले डसेर डिभिजन वन कार्यालयका कर्मचारीको मृ*त्यु
मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते
मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते
पर्साबाट  एक करोड रुपैयाँ बराबरको अवैध औषधिको ट्रक नियन्त्रणमा
पर्साबाट एक करोड रुपैयाँ बराबरको अवैध औषधिको ट्रक नियन्त्रणमा
नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो : प्रचण्ड
नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो : प्रचण्ड
प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु
प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा एक जनाको श*व फेला
‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा एक जनाको श*व फेला