१२ श्रावण २०८२, आईतवार

शिक्षा र सुविधाको अभावले नेपालका जनजाति समुदायहरु पछाडि परे : मन्त्री चौधरी

 

३० चैत, काठमाडौं ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालका जनजाति समुदायहरुमा अपार सम्भावना, समृद्धि र संस्कृतिको खजाना भएको बताएका छन्। जनजाति कल्याण आश्रम, नेपालको १५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले खजाना निहित जनजाति समुदाय भए पनि दुर्भाग्यवश ः शिक्षा र सुविधाको अभावले ति समुदायहरु पछाडि परिरहेको बताएका हुन् । उनले भने , ‘हाम्रो देशको समृद्धिको भविष्य शिक्षामा होइन । शिक्षाले मात्रै सबै कुरा पुरा गर्न सक्दैन ।

यो शिक्षालाई संस्कारयुक्त शिक्षा बनाउन सक्नुभयो भने मात्रै निहीत हुन सक्छ । नेपालका जनजाति समुदायहरुमा अपार सम्भावना, समृद्धि र संस्कृतिको खजाना निहित छ । तर दुर्भाग्यवश ः शिक्षा र सुविधाको अभावले ति समुदायहरु पछाडि परिरहेका छन् ।’ साथै उनले देशका सबै बालबालिका केवल परिवारका मात्रै नभैइ उनीहरु साझा भविष्यदिप भएको बताए । उनले बालबालिकाहरुलाई उज्याले बनाउने जिम्मेवारी हामी सबैको रहेको बताए । उनले भने, ‘देशका सबै बालबालिका केवल परिवारका मात्रै होइनन् । उनीहरु हाम्रा साझा भविष्यदिप हुन् । जसलाई उज्याले बनाउने जिम्मेवारी हामी सबैको हो । शिक्षा, दिक्षा र संस्कार बालबालिकाहरुलाई दिइने केवल अभिभावकको कर्तव्य मात्रै होइन यो सम्पूर्ण समाजको धर्म हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?