सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

रिगलको कैद मिनाहामा सर्वोच्चले माग्यो सरकारसँग जवाफ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १८, २०८०
|
|
४८ पटक हेरिएको
Shares
रिगलको कैद मिनाहामा सर्वोच्चले माग्यो सरकारसँग जवाफ

सारांश

  • सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।
  • बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो ।
  • सर्वोच्चले उनको कैद माफी गर्दा भएका सबै निर्णयको सक्कल प्रति झिकाउन पनि आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।

१८ असोज, काठमाडौं ।सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो । सर्वोच्चले उनको कैद माफी गर्दा भएका सबै निर्णयको सक्कल प्रति झिकाउन पनि आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । त्यस्तै मुद्दाको सुनुवाइको दिन बहसमा महान्यायाधिवक्तालाई नै उपस्थित हुन आदेश दिएको छ ।

३ असोजमा संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले योगराज ढकालको कैद मिनाहा गरेका थिए । रिगलको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयपछि उनले हत्या गरेका चेतन मानन्धरको परिवारले आपत्ति जनाएको छ । चेतनकी पत्नी भारती शेर्पाले रिगलको कैद मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । सो रिटमा बिहीबार सुनुवाइ गर्दै सर्वोच्चले निवेदक भारती र उनको परिवारको सुरक्षाको प्रत्याभूति गराउन पनि आदेश दिएको छ । त्यस्तै रिगलविरुद्ध सर्वोच्च अदालतमा चलेको र पछि फिर्ता भएको मुद्दाको मिसिल र अरु कागजात अवलोकनका लागि पेश गर्न पनि आदेश दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफैँले काटेको रूखले च्यापेर तनहुँमा एक जनाको मृत्यु
आफैँले काटेको रूखले च्यापेर तनहुँमा एक जनाको मृत्यु
काठमाडौँ महानगरले सुक्खा फोहर व्यवस्थापन गर्न क्षेत्र निर्धारण
काठमाडौँ महानगरले सुक्खा फोहर व्यवस्थापन गर्न क्षेत्र निर्धारण
कारोबारमा संलग्न नभएको छविको दाबी, प्रहरीले भेट्यो हस्ताक्षरसहितको चेक
कारोबारमा संलग्न नभएको छविको दाबी, प्रहरीले भेट्यो हस्ताक्षरसहितको चेक
कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल
कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल
अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी
अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी
खानेपानीमन्त्री यादव र एडीबीका देशीय निर्देशक अर्नाउडबीच भेट
खानेपानीमन्त्री यादव र एडीबीका देशीय निर्देशक अर्नाउडबीच भेट
तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन
तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन
साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
बालमन्दिरका जग्गा संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन
बालमन्दिरका जग्गा संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन
अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन
अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन